Categories

अभियान मेलबर्नमा भव्य बन्यो नेपाली चित्रकलाको प्रदर्शनी, एक घर एक कलाको अभियान (भिडियोसहित)

चित्रकार ग्यालेरीद्वारा मेलबर्नको ग्लेनरोयमा शनिबार गरिएको एक दिने प्रदर्शनी भव्य बनेको छ । करिब ५० भन्दा बढी नेपाली मौलिक चित्रकलालाई समेटिएको उक्त प्रदर्शनीको उद्घाटन भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले गर्नुभएको थियो । विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको प्रदर्शनीमा सैयौं नेपाली र विदेशीले अवलोकन गरेको जानकारी चित्रकार ग्यालेरीका निर्देशक अरुण चित्रकारले दिएका छन् । चित्रकारका अनुसार अष्ट्रेलियामा बस्ने प्रत्येक नेपालीको घरमा एउटा चित्रकलाको सिर्जना पुर्याउनले लक्ष्यका साथ यो प्रदर्शनी गरिएको हो । यसले अष्ट्रेलियाको गैरनेपालीभाषी समूदायमा समेत कलाबारे उत्सुकता र आकर्षण बढाउने र यसले समग्रमा नेपाली पर्यटन, कला र संस्कृतिको विकासमा सहयोग गर्ने ठम्याई चित्रकारको छ । कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदूत योञ्जनले अष्ट्रेलियन समूदायमा नेपाली कलालाई पस्कनुपर्ने धारणा राख्नुभएको थियो । उक्त अवसरमा मेलबर्नको नेपाली समूदायका अगुवाहरु उपस्थित हुनुहुन्थ्यो । हेर्नुहोस् यो भिडियो

 

(Visited 356 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:
  • Deepak Bista

    Chitrakar Gallery organised an art exhibition ‘Arts of Nepal’ for the first time in Melbourne Australia. This was a part of campaign to promote Nepalese arts in Australia in general and to all Nepalese households and business houses in particular. Let us all encourage to everyone to have a piece of a Nepali art in our homes and businesses! Cudos to MNTV!

http://rgit.edu.au/