Categories

विद्यार्थीको मृत्यु पर्थको सडकमा ढलेर बेहोस भएका एक नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल पठाउन सहयोग संकलन गरिँदै 

– कमल सिलवाल, पर्थ / गत बिहीबार २० तारिकका दिन पर्थमा एक नेपाली बिद्यार्थीको आकस्मिक निधन भएको छ। अध्ययनका शिलशिलामा १६ महिना अगाडि पर्थ आइपुगेका २८ बर्षिया बिराटमान ताम्राकार बिहान सबेरै काममा जाने क्रममा पर्थको भिक्टोरिया पार्क ट्रेन स्टेशन नजिकैको सडक किनरामा बेहोस् भइ ढलेका थिए। बाटोमा हिड्दै गरेको अपरिचित ब्यक्तीले एम्बुलेन्सलाई बोलाए पस्चात उनलाई तत्कालै उपचारका लागि रोयल पर्थ हस्पिटलको आकस्मिक कक्षमा लगिएको थियो। उपचारका क्रममा उनलाई डाक्टरले बचाउन सकेनन् । biratman
बिराट हरेक दिन बिहान आफु बसेको घरबाट ५ मिनेटको दुरीमा रहेको भिक्टिरिया पार्क ट्रेन स्टेशनबाट ५:१५ बजेको ट्रेन समाती ६ बजे आफ्नो काम शुरु गर्थे। तर बिहीबार बिहान अबेर सम्म पनि उनी काममा नआए पछी उनका साथीले मोबाईलमा फोन गरे पछी मात्रै बिराटलाई अस्पतालमा राखिएको थाहा भएको बिराटका निकततम साथी डिल्ली पराजुलीले जानकारी दिए।
पराजुलीले भने, “हामीलाई डाक्टरले बिहान करिब ८ बजेको हाराहारीमा तुरुन्तै भेट्नु छ भनी हस्पिटलमा बोलायो अनी बल्ल थाहा भयो बिराट यो संसारमा छैन भने”। डाक्टरले प्रारम्भिक जाचका आधारमा बिराटलाई हार्टआट्याक वा ब्रैनहेम्रेज भएको हुन सक्ने अनुमान गरे पनि बास्तवमा के भएको हो भन्ने यथार्थ जानकारी पोष्टमार्टम रिपोर्ट आएपछी मात्रै थाहा हुने जानकारी दिएको छ। हाल बिराटको शबलाई रोयल पर्थ हस्पिटलमा राखिएको छ।
काठमान्डौ नरदेबी निवासी बिराट गत बर्षको अगस्तमा पर्थ स्थित Edith Cowan University मा ईन्जिनियरिङ बिषयमा मास्टर डिग्रीको अध्ययन गर्न आएका थिए। उनको मास्टर डिग्री सकिन केबल एक सेमेष्टर मात्र बाँकी थियो। मध्यम परिवारका बिराट परिवारका एक मात्रै छोरा हुन् भने हाल उनका बाबु र आमा एक बहिनीका साथ नरदेबीमै बस्छन। अष्ट्रेलियाको पर्थमा बिराटका एक आफन्त पनि छन भने उनकी फुपुकी छोरी हाल सिड्नीमा बस्छिन। घटनाबारे नेपालस्थित उनको परिवारलाई अधिकारिक रुपमा जानकारी भने गराइ सकिएको छ। मृतक परिवारले परम्परागत रूपमा अन्त्यष्टी गर्नका लागी बिराटको शबलाई यथाशक्य छिटो नेपाल पठाइ दिन सबैलाई अनुरोध गरेका छन् ।
बिराटको पार्थिव शरीरलाई अस्पताल र अन्य कानुनी प्रकृया पश्चात नेपाल पठाउन हाल नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया ९नावा० र एन आर एन ए वेष्टर्न अष्ट्रेलियाको संयोजनमा “विराट ताम्राकार आकस्मिक सहयोग” खाता खोली आर्थिक सहयोग संकलनको काम थालनी गरेको छ। शवलाई नेपाल पठाउनका लागी कम्तीमा पनि १२५०० अष्ट्रेलियन डलर लाग्न सक्ने भएकोले सो रकम जुटाउन नावा र एन आर एन ए वेष्टर्न अष्ट्रेलियाले अष्ट्रेलियाभरीका व्यक्ति, व्यब्सायी एवं संघसंस्था सबैमा हार्दिक अनुरोध गरिएको छ। आर्थिक सहयोग नावाको तल उल्लेखित च्यारिटी खातामा जम्मा गर्न सकिने छ।
Account Name: NAWA Charity Account
BSB: 302162
A/C Number: 0724545

Oli_Adv2

(Visited 3,517 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:
  • L B Chhetri

    Sad news. RIP.

  • Ang Dawa Jangbu Sherpa

    Hi All,

    There has been an error providing the account details. Please use the following account. Any contributions transferred into our previous account will be transferred into this account. Please be advised that the previous account detail belongs to NAWA too. Our apology for the inconveniences caused.

    Account Name: NAWA Charity Account
    BSB: 302162
    A/C Number: 0724545

    Please include “Birat Tamrakar” as the reference

http://rgit.edu.au/