सोनामाई मन्दिरमा भूत मेला शुरु, भारतबाट पनि आए दर्शनार्थी

बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला शुरु भएको छ । औरही नगरपालिकामा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेकोे सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताउनुभयो ।  बडादशैँको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा हजाराँै पीडित ९कारनी० र दर्शनार्थीको भीड । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन् ।  सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको जनविश्वास छ । वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दैपड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको अर्का पुजारी झगरु झाले बताउनुभयो । मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेका छन् । सोनामाई शक्तिपीठमा थुपै्र धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् ।

(Visited 72 times, 1 visits today)

सम्बन्धित समाचारहरू

विमानभित्रै सुरु भयो एभिएसन संग्रहालय, अहिले विद्यार्थीलाई मात्र प्रवेश
१६ वर्षसम्म मौनव्रत !
सोनामाई मन्दिरमा भूत मेला शुरु, भारतबाट पनि आए दर्शनार्थी
उजागर हुन नसकेको अचम्मको प्राकृतिक पुल जहाँ गाडी पनि चल्छ
लामखुट्टे मारेको फोटो पोष्ट गरेपछि ट्वीटरले ब्लक गरिदियो एकाउन्ट
१३ बर्ष पहिले हराएको म्यारी ग्राम्सको हिराको औँठी करेसा बारीमा फेला
भक्तपुरमा उन्नाइस वर्षपछि पाण्डव कथामा आधारित सलःचा प्याखँ नाच हुँदै
झापाको कमल गाउँपालिकामा गोला प्रथा गर्दा पनि एमाले नै विजयी
बच्चा जन्मदै गर्दा एम्बुलेन्सलाई घेरे एक दर्जन सिंहले
दुर्लभ सेतो गिद्ध जाजरकोटमा भेटियो, संरक्षण आवश्यक