सुमार्गीको दुई अर्ब २५ करोड रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब रु दुई अर्ब २५ करोड लिनका लागि बाटो खुलेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज बैंकले रकम रोक्का गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बैंकबाट रकम लिनका लागि बाटो खुलेको हो ।
आदेशमा भनिएको छ, “बैंकले रकम रोक्नुको कानुनी कारण पारदर्शी रुपमा देखिन आएन, रोकी राख्नुपर्ने देखिएन, पैसा विदेश लैजान नपाउने गरी सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न दिन अन्तरिम आदेश जारी गरिएको छ ।” अदालतले आगामी फागुन २ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ । बैंकले पैसा रोक्का गर्दा उद्योगलाई क्षति पुगेकाले फुकुवाको माग गर्दै नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

(Visited 8 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कर्मचारीसँग यौन सम्बन्ध खुलेपछि अष्ट्रेलियाका उपप्रधानमन्त्रीले दिए राजीनामा !
पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद, विशेष अदालतबाट भ्रष्टाचारी ठहर
राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक, फागुन २९ गते देशले नयाँ राष्ट्रपति पाउने
न्याभ कप क्रिकेटको उपाधि रोयल राइनोजलाई, मल्टिकल्चरल क्रिकेट अप्रिल १४ अप्रिलबाट हुने
प्रहरीको अर्को ईन्काउन्टर, मनोज पुन र सोम आले प्रहरी कारवाहीमा मारिए !
देउवालाई झट्का, राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेल मनोनित
अधिवेशनसम्म ओली नेतृत्वमा सरकार, दुबै अध्यक्ष रहने प्रचण्डको भनाई !
कोकले नेपालबाट ४० जनालाई विश्वकप फुटबल हेर्न रसिया लैजाने, जाने हो ?
नक्कली भिसा भेटिएपछि विदेश जान ठीक्क परेका १० युवती रोकिए, अनुसन्धान हुँदै
एमालेका वरिष्ठ नेता माधव नेपालले भने पार्टी एकीकरण एक साताभित्र