सुनचाँदी पसलमा बम बिस्फोट गराउने को हो ? सुन तस्करीको कनेक्सन के छ ?

पछिल्लो समय सुनचाँदीको तस्करी भारतीय बजारसम्म हुने क्रम बढेको छ । यही क्रममा तस्कर समूहले विभिन्न व्यक्तिको अपहरण गरी हत्या समेत गरिहेको तथ्य बाहिर आइसकेको छ । ३३ किलो सुन हराएको प्रसंगमा फेरि अर्को बम बिस्फोटको कडी जोडिएको छ । अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास टे«डर्स (सुनचाँदी पसल) लाई लक्षित गरी प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् । कतै यो बिस्फोटमा पनि तस्करी जालोको नै संलग्नता त छैन भन्ने गम्भीर प्रश्न उठको छ । अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास टे«डर्सका सञ्चालक विकास शारडा, उहाँका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी, पसलमा किनमेलका लागि आएकी सिरहाको नवराजपुर गाउँपालिका–३ निवासी २२ वर्षीया देवकुमारी यादव, उहाँका सात वर्षीय छोरा सतिश यादव, सप्तरीको सुरुङ्गा नगरपालिका–६ निवासी मनिकादेवी राम, लहान नगरपालिका–२१ निवासी बबिता यादव र उहाँकी बहिनी विनिता यादव घाइते भएका हुन् । घाइतेमध्ये पाँचजनाको लहानस्थित सप्तऋषि नर्सिङहोममा र तीनजनाको लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिनुभयो । बम विष्फोट कसले र किन गराएको भन्ने केही खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताउनुभयो । यसअघि गत फागुनमा पनि लहानका छुट्टाछुट्टै दुई स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

(Visited 816 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सुन तस्करी र हत्या प्रकरणमा प्रहरीका पूर्व डीआईजी निरौला पक्राउ
दीपक मनाङे पक्राउ, ज्यान मारेको अभियोगमा ५ वर्ष जेलमा बस्नुपर्ने
एक लाखका लागि रुपन्देहीका व्यवसायीको गोली हानी हत्या गर्ने गुरुङ पक्राउ
धनुषा : खेतमा लगेर बलात्कार, भिडियो खिचेर ब्ल्याकमेल
सुनचाँदी पसलमा बम बिस्फोट गराउने को हो ? सुन तस्करीको कनेक्सन के छ ?
डा. रामशरण महतलाई पानीको बोतलले हान्ने खड्का पक्राउ
चार तल्ला माथिबाट खसालेर मारिएका भुजेलको हत्यारा पक्राउ
कञ्चनपुरमा दुई महिलाको हत्याको अभियोगमा ६६ वर्षीय बृद्ध पक्राउ परे
अष्ट्रेलियामा वर्किङ भिसा मार्फत पीआर दिलाइदिन्छु भनी हजारौं डलर ठग्ने फरार, अनुसन्धान हुँदै
सांसदको प्रमाणपत्र नपाएपछि रेशम चौधरीले अदालतमा गरे समर्पण, बयान लिइँदै
English