सन्दिप श्रेष्ठको निर्देशनमा भ्यालेन्टाईन डेका लागि सुवानी र कमलको म्युजिक भिडियो सार्वजनिक

आगामी फेब्रुअरी १४ तारिख अर्थात् भ्यालेन्टाईन डेको अवसर पारेर म्युजिकल भेटहरु सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा गायिका सुवानी मोक्तान र गायक कमल खत्रीको स्वरमा सजिएको हेरिरहुँ म सधैं बोलको गीतको म्युजिक भिडियो अष्ट्रेलियाबाट सार्वजनिक भएको छ । म्युजिक भिडियोको सम्पूर्ण छायाँकन अष्ट्रेलियाको सिड्नीमा गरिएको हो । मेलबर्न निवासी निर्देशक सन्दिप श्रेष्ठको निर्देशनमा बनेको भिडियोको छायाँकन सौरभ मानन्धरले गरेका हुन् । निकै उच्चस्तरको प्रविधिको प्रयोग गरी छायाँकन गरिएको म्युजिक भिडियोले रिलिज गरिएको केही समयमै हजारौं दर्शकको मन जित्न सफल भइसकेको छ । यस गीतको लेखन पनि सुवानी मोक्तानकै रहेको छ । आफ्नै संगीतमा उनले नै लेखेको गीत स्वयं सुवानीले गाएकी हुन् । यस भिडियोका निर्देशक सन्दिप श्रेष्ठ नेपालमा रहँदा ई २४ टेलिभिजनसँग आबद्ध थिए र उनले केही म्युजिक भिडियोहरु पनि बनाएका थिए । यही आफ्नो कर्मलाई निरन्तरता दिँदै उनले यस पटकको भ्यालेन्टाईन डेका लागि उत्कृष्ट उपहार दिएका हुन् । भर्खरै प्रेममा डुबेका जोडीको भूमिकामा मोडल सुरभी मानन्धर र सतिश देखिएका छन् । उनीहरु रिल लाईफमा मात्र होइन रियल लाईफमा पनि जोडी नै हुन् । सिड्नीमै बसोबास गर्ने यी दुई मोडलको केमेष्ट्री निकै जमेको देखिएको छ । सिड्नीमा समुद्रको किनारामा ड्रोनको समेत प्रयोग गरेर सौरभ मानन्धरले उत्कृष्ट छायाँकन गरेका छन् । एमएनटीभीसँग कुरा गर्दै यस म्युजिक भिडियोका निर्देशक सन्दिप श्रेष्ठले भ्यालेन्टाईन डेको पूर्वसन्ध्यामा रिलिज गरिएको भएपनि यस म्युजिक भिडियोले हरेक प्रेमी प्रेमिकाको भावनालाई उजागर गर्नसक्ने अपेक्षा आफुले गरेको बताए । परदेशको भूमिमा रहेपनि आफ्नो फिल्डको लागि केही न केही योगदानको निरन्तरता दिने सोचबाट नै आफुले म्युजिक भिडियो निर्माण गरेको उनी बताउँछन् । दुई दिन अष्ट्रेलियामा छायाँकन पछि यसको सम्पादनको सम्पूर्ण कार्य नेपालमै गरिएको हो । यसको सम्पादनको नेतृत्व टेकेन्द्र शाहले गरेका छन् । समग्रमा म्युजिक भिडियो दर्शनीय बनेको छ । प्रेमका भावहरु रहेको सुवानी मोक्तान र कमल खत्रीको आवाजमा सजिएको यो भिडियो तपाईंहरुको लागि

(Visited 1,236 times, 1 visits today)

सम्बन्धित समाचारहरू

निरज खरेलको ‘असारे झरी’मा हेमन्ता र कृष्ण मल्लको रोमान्स
नेपाली गीत संगीतको भण्डारमा अर्को कोसेली आयो अष्ट्रेलियाबाट, राजकुमारको यस्तो भेट !
डरलाग्दो टिजर आयो सुनकेसरीको, जेठ ११ गते रिलिज गरिने (भिडियोसहित)
किसानले खेतमै सन्नी लियोनीको तस्वीर टाँगेपछि खुल्यो यस्तो रहस्य
फेब्रुअरी २४ मा ब्रिसबेनमा होली मेला २ आयोजना हुँदै, प्रवेश निःशुल्क
निशान भट्टराईको दमदार आवाजमा सजियो कोरेर मीठा भावहरु मेटाउन नखोज है (भिडियोसहित)
सन्दिप श्रेष्ठको निर्देशनमा भ्यालेन्टाईन डेका लागि सुवानी र कमलको म्युजिक भिडियो सार्वजनिक
बड्स व्याण्डको चर्चित गीत बिर्सन सक्दिन नयाँ स्वादमा, भिडियो चर्चामा (भिडियोसहित)
किरण भण्डारीको सिर्जनामा राज सिग्देल र सुजाता उपाध्यायको स्वर, यस्तो छ “आँगनमा” (भिडियोसहित)
मेलर्नबासी दर्शक श्रोताको मन जितेर गए गायक राज सिग्देल