सत्तारुढ गठबन्धनलाई नै धेरै ठाउँमा सफलता, हँगेरीमा आएन परिवर्तन

हङ्गेरीमा आइतबार भएको आम निर्वाचनमा पुनः सत्तारुढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ । प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै ठाँउमा जित हासिल गरेका हुन् ।  
निर्वाचनमा खसेको कुल खसेको मतमा गणना गरिएको ८१ प्रतिशत मत मध्ये ४९.४२ प्रतिशत मत सत्तारुढ गठबन्धनले पाएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । पूर्व प्रजातन्त्रवादी पार्टी जोब्बिक पार्टीले कुल २० प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा पुगेको छ ।
त्यसैगरी तेस्रो स्थानमा एमएसजेडपीपी ९सोसोलिष्ट डाइलग० पार्टीले १२।१३ प्रतिशत मत प्राप्त गरेको छ ।
त्यस्तै ६।६९ प्रतिशत मतका साथ ग्रिन इको एलएमपी र ५।४५ प्रतिशत मत ल्याएर लेफ्ट लिवरल डीके ९डेमोक्रयाटिक कोलिसन० पनि संसदमा उपस्थित भएका छन् । पछिल्लो विवरण अनुसार संसदको १९९ सिट मध्ये १३४ सिटमा फिडेज नेतृत्वको गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । यसअघि सन् २०१४ र २०१० को भन्दा बढी मत अहिले आएको छ । सन् २०१४ मा भएको आम निर्वाचनमा सो गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो ।
यसपछि हुने नयाँ प्रधानमन्त्रीको निर्वाचनमा पनि वर्तमान प्रधानमन्त्री भिक्टोर ओर्बान नै तेस्रो कार्यकालका लागि निर्वाचित हुने निश्चित जस्तै भएको छ । प्रधानमन्त्री ओर्बान सन् २०१० देखि शक्तिमा आउनु भएकोमा अब तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लाग्नु भएको हो ।
हङ्गेरीमा आमनिर्वाचनका लागि ८० लाख मतदाता रहेका छन् भने झण्डै दश हजार मतदान केन्द्रहरु तोकिएका थिए ।

(Visited 4 times, 1 visits today)

सम्बन्धित समाचारहरू

काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२, ११२ जना घाइते
नाङ्गै आएको एक व्यक्तिले गोली चलाउँदा अमेरिकामा चार जनाको मृत्यु
शक्ति राष्ट्रको खेल मैदान सिरिया, विश्वयुद्धको संकेत त हैन ?
अमेरिका नेतृत्वमा तीन देशको सिरियामा हवाई आक्रमण, राष्ट्रपति कार्यालय लक्ष्यमा !
सत्तारुढ गठबन्धनलाई नै धेरै ठाउँमा सफलता, हँगेरीमा आएन परिवर्तन
तालिवानको सेटलमेन्टका लागि यस्तो हुँदैछ प्रयास
नाईजेरियाको जाम्फारामा लुटेरा र सुरक्षाकर्मीको झडप, २१ जना ठहरै
अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा सैनिक खटाउने
अफगानिस्तानमा गएको ६ महिनामा ५४ हजार मानिस विस्थापित, युद्धको त्रास अझै पनि कायमै
अमेरिका कोरिया प्रायद्विपमा शान्ति भाँड्ने अभियानमा, संयूक्त सैन्य अभ्यासले बढायो चिन्ता
English