श्र्रंखलाबद्ध रुपमा तीन महिलाको हत्या गर्ने ‘लेडी किलर’को पहिचान हुन सकेन !

तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न नसकेको हो । घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले बताउनुभयो । “लामो समयसम्म दोषी पहिचान नहुँदा तीन महिलाको हत्या रहस्यमय बन्दै गएको छ,” उहाँले भन्नुभयो, “तीन महिलाको शृङ्खलाबद्ध हत्या हुनु जस्तो जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा सर्वसाधारणमा त्रास फैलिएको छ ।”

ghosts hand

हत्याको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीताको शव कुसेऔँसीमा जङ्गलको बाटोभन्दा करिब ४० मिटर तल भिरमा भेटिएको थियो । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।
यस्तै, स्याउला काटेर घर फर्कने क्रममा इलाका प्रहरी कार्यालय, हलेसीबाट पैदल करिब पाँच मिनेटको दूरीमा ज्ञानीमायाँको हत्या भएको थियो ।
माइतीघर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मरमुनि कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घटनालाई शंकास्पद मानिएको छ । घटनापछि नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन सकेको छैन ।
महिलाको शृङ्खलाबद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीले तत्काल दोषी पत्ता लगाएर कानुनी कठ्घरामा ल्याउन प्रहरीलाई दबाब दिइरहेका छन् । उनीहरुले पटक–पटक प्रहरी कार्यालयमा पुगेर घटनाको विषयमा जानकारी मागिरहेका छन् ।

(Visited 13 times, 1 visits today)

सम्बन्धित समाचारहरू

चक्रे मिलनको हात काट्नेहरुमध्ये चारलाई सफाई, मनाङ्गेलाई पाँच वर्ष कैद सदर !
श्र्रंखलाबद्ध रुपमा तीन महिलाको हत्या गर्ने ‘लेडी किलर’को पहिचान हुन सकेन !
ब्रिटिश काउन्सिलबाटै प्रश्नपत्र लिक, आईएलटीएस घोटालामा संलग्न १३ पक्राउ !
पूर्वडीआईजी नवराज सिलवालको माग, प्रहरीले हैन स्वतन्त्र निकायले छानविन गर्नुपर्छ
दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा काम गर्ने तीन सय बालबालिकाको उद्धार
अवैध तरिकाले कारवाही फुकुवा गर्ने वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध मुद्दा दायर
अमेरिकी आर्मी बनाईदिन्छु भन्दै फेसबुकमार्फत बाउन्न लाख ठगी गर्ने व्यक्ति पक्राउ
‘साइबर क्राइम’ नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै
उम्मेदवार लक्षित गरी बम आक्रमण हुन थालेपछि उदयपुरमा सुरक्षा व्यवस्था कडा
अमेरिका जान ‘डिभी’ परेपछि नक्कली प्रमाणपत्र बनाउने गिरोहका आठजना पक्राउ