शाहिद कपूरले भने, “मैले खिलजीको भूमिका पाएको भए अर्कैरुपमा निभाउँथे”

सञ्जय लीला भन्सालीको ऐतिहासिक फिल्म ‘पद्मावत’ मा महारावल रतन सिँहको भूमिका निभाएका बलिउड अभिनेता शाहिद कपूर दर्शकको मन जित्दै गएका छन् । उनले फिल्ममा दिल्लीका सुल्तान अलाउद्दीन खिलजीको भूमिका आफलाई मिलेको भए अभिनेता रणवीर सिँहभन्दा फरक ढंगले निभाउन सक्ने बताएका छन् । के खिलजीको भूमिका निभाउन चाहनुहुन्छ भन्ने प्रश्नमा शाहिदले भने, “निश्चित रुपमा, कुन अभिनेता सञ्जय लीला भन्सालीको फिल्ममा खिलजी जस्तो भूमिका निभाउन नचाहला र ? तपाईलाई याद छ, एकपटक ‘कफी विथ करण’ मा रणवीरले फिल्म ‘कमीने’ मा मैले निभाएको भूमिकालाई आफुले पाए झनै राम्रो ढंगबाट निभाउन सक्ने बताएका थिए । म खिलजीलाई आफ्नै तरिकाले निभाउँथे ।’’

खिलजीको भूमिका तपाईको दृष्टिकोणबाट कस्तो प्रकारको हुनुपर्दथ्यो ? भन्ने प्रश्नमा उनले थपे, “पहिलो कुरा म यसबारेमा विस्तृत रुपमा जान चाहन्न । सधै याद राख्नुपर्ने कुरा के छ भने, सञ्जय लीला भन्साली आफ्ना सबै फिल्महरुका नायक हुन् र हामी कलाकार दोस्रो स्थानमा पर्दछौं ।’’ v‘‘यसकारण खिलजीको भव्य भूमिका होस अथवा रतन सिँहको भूमिका, सबै सञ्जय सरको देन हो । यस कारणले यो दृष्टिकोण उनकै हो । मैले त केवल त्यसलाई अलग ढंगबाट प्रस्तुत गर्ने बारेमा भनेको हुँ । त्यसमा पनि हामी दुई अलग अलग कलाकार हौ र हाम्रो अभिनय गर्ने शैली पनि अलग–अलग छ ।’’

(Visited 7 times, 1 visits today)

सम्बन्धित समाचारहरू

निरज खरेलको ‘असारे झरी’मा हेमन्ता र कृष्ण मल्लको रोमान्स
नेपाली गीत संगीतको भण्डारमा अर्को कोसेली आयो अष्ट्रेलियाबाट, राजकुमारको यस्तो भेट !
डरलाग्दो टिजर आयो सुनकेसरीको, जेठ ११ गते रिलिज गरिने (भिडियोसहित)
किसानले खेतमै सन्नी लियोनीको तस्वीर टाँगेपछि खुल्यो यस्तो रहस्य
फेब्रुअरी २४ मा ब्रिसबेनमा होली मेला २ आयोजना हुँदै, प्रवेश निःशुल्क
निशान भट्टराईको दमदार आवाजमा सजियो कोरेर मीठा भावहरु मेटाउन नखोज है (भिडियोसहित)
सन्दिप श्रेष्ठको निर्देशनमा भ्यालेन्टाईन डेका लागि सुवानी र कमलको म्युजिक भिडियो सार्वजनिक
बड्स व्याण्डको चर्चित गीत बिर्सन सक्दिन नयाँ स्वादमा, भिडियो चर्चामा (भिडियोसहित)
किरण भण्डारीको सिर्जनामा राज सिग्देल र सुजाता उपाध्यायको स्वर, यस्तो छ “आँगनमा” (भिडियोसहित)
मेलर्नबासी दर्शक श्रोताको मन जितेर गए गायक राज सिग्देल