शनिबार सिड्नीमा उत्प्रेरणात्मक कार्यक्रम हुँदै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहितका वक्ता आउने

अष्ट्रेलियाको सिड्नीमा यो शनिबार १७ फेब्रुअरीका दिन एक उत्प्रेरणा कार्यक्रम हुने भएको छ । राष्ट्र राष्ट्रियता र सकारात्मक जीवनका लागि एक महान उत्प्रेरणा कार्यक्रम नाम दिइएको यस कार्यक्रममा सहभागी हुन नेपालबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खीलराज रेग्मी आउने भएका छन् । यसैगरी शान्तिदूत तथा उत्प्रेरक वक्ता आचार्य राजन अर्थात् भीमसेन सापकोटा, प्रखर वक्ता एवं सञ्चारकर्मी प्रेम बानियाँ, नागरिक समाजका प्रमुख निगम हुमागाईंले आफ्नो प्रस्तुति दिनेछन् । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको मुख्य आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको प्रस्तुतकर्ता असनेपालन्यूज रहेको छ । यस्तै अन्य विभिन्न संघसंस्थाले सहकार्य गरेका छन् । शनिबार विहान ११:३० बजेदेखि दिउँसो ३ बजेसम्म हस्र्टभीलको सिभिक थियटरमा कार्यक्रम आयोजना गर्ने तयारी भएको छ ।

(Visited 1,128 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कर्मचारीसँग यौन सम्बन्ध खुलेपछि अष्ट्रेलियाका उपप्रधानमन्त्रीले दिए राजीनामा !
क्वीन्सल्याण्डमा जनसम्पर्क समिति गठन, अभिमन्यू केसी अध्यक्ष
अष्ट्रेलियामा आउँदा मन्त्री नेपाल पुग्दा पूर्वमन्त्री !
न्याभ र क्रिकेट भिक्टोरियाबीच समझदारीपत्रमा हस्ताक्षर, नेपाली समूदायको क्रिकेट मूलधारमा समावेश
गुथी अष्ट्रेलियाको सभापतिमा शिव श्रेष्ठ चुनिए !
शनिबार सिड्नीमा उत्प्रेरणात्मक कार्यक्रम हुँदै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहितका वक्ता आउने
पर्थमा दोश्रो पटक नेपाल महोत्सब हुँदै, कुटुम्बले नेपाली संगीतको स्वाद पस्कने !
कोरियामा सुरु भयो हिउँदे ओलम्पिक, यस्तो छ अष्ट्रेलियाबाट दिक्षामार्फत नेपाली मनमा जोडिएको खुशी
अर्थराज्यमन्त्री उदयशमशेर राणा अष्ट्रेलिया आउँदै, कर्मचारीको टोली पनि साथमा
सिन्धुपाल्चोकको विद्यालयको सहयोगका लागि मेलबर्नमा फन्डरेजिङ डिनर कार्यक्रम गरिने