शनिबार साईप्रस हलमा गुरुङ चलचित्र खै ओ म्हि थेबा प्रदर्शन हुँदै

मेलबर्नमा यो शनिबार १६ डिसेम्बरको दिन गुरुङ चलचित्र खै ओ म्हि थेबा प्रदर्शन हुने भएको छ । नेपालमा गुरुङ समूदायको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्रलाई तमु समाज भिक्टोरियाले प्रदर्शन गर्न लागेको हो । चलचित्रका निर्देशक सुवास गुरुङको उपस्थितिमा चलचित्र प्रदर्शन हुन लागेको हो । एमएनटीभीसँग कुरा गर्दै निर्देशक गुरुङले खै ओ म्हिथेबाको अर्थ आयो है ठूलो मान्छे हुने जानकारी दिए । युवाको सपनाको कथा, समाजमै घटेका घटनाको प्रतिबिम्ब चलचित्रमा देख्न पाइने उनले जानकारी दिए । साईप्रस हल ल्यागन स्ट्रीटमा शनिबार साँझ ५ बजेदेखि ढोका खुल्ने र ६ बजे चलचित्र प्रदर्शन गरिने जानकारी प्रदर्शकमध्येका एक सोम गुरुङले दिएका छन् । चलचित्र नेपाली र गुरुङ दुबै भाषामा भएका कारण सबै नेपालीले यसको मज्जा लिन सक्नेछन् । चलचित्रमा नेपाल आईडलका टप थ्री प्रतिस्पर्धीमध्येका एक प्रताप दासलाई पनि हेर्न पाइनेछ ।  यस्तै अनान गुरुंग, रेशम गुरुंग, गोपाल गुरुंग विवास गुरुंग, उर्मिला गुरुंग, मञ्जु गुरुंग, मेखराज गुरुंग, दिनेश गुरुंगको अभिनय यसमा हेर्न पाइनेछ । चलचित्रको ट्रेलर यहाँ हेर्न सकिनेछ ।

(Visited 23 times, 1 visits today)

सम्बन्धित समाचारहरू

चितवनमा नेपथ्यको क्रेज, चार वर्षप्छि ‘लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा
मेलबर्नमा शुक्रबार राज सिग्देल लाईभ गजल साँझ आयोजना
केन्जल, सागर र सुरज थापा आइपुगे ब्रिसबेनमा, १४ जनवरीमा वेलकम वीस अठार कन्सर्ट !
विक्की श्रेष्ठको ‘तिम्रै लागी’को भिडियो सार्वजनिक, जीवन रसाइलीको निर्देशन
जापानमा ‘मिस एण्ड मिसेस नेपाल – २०१८’ हुने
भारतको चलचित्र पद्मावतीले बबाल, सेन्सर गर्न नै ६ जनाको समिति
तामाङ ल्होछारमा सिड्नीमा सांगीतिक कार्यक्रम गरिँदै, विजय लामा आउने
राजुले सुरु गरे निर्देशन, पहिलो गीतलाई नै एक सातामा ७० हजारको भ्यू
शनिबार साईप्रस हलमा गुरुङ चलचित्र खै ओ म्हि थेबा प्रदर्शन हुँदै
यो शनिबार मेलबर्नमा धमाका २०१८ हुँदै, प्रमोद खरेलसँगै सम्झना मगरले स्टेज तताउने