वेलकम २० अठारमा सुरज, केन्जल र सागरले तताए मेलबर्न

नेपाल आईडलका मुख्य प्रतिस्पर्धीहरु सागर आले, सुरज थापा र केन्जल श्रेष्ठले मेलबर्नमा वेलकम २० अठार कन्सर्टमा आफ्नो प्रस्तुति दिएका छन् । मेलबर्नको क्राउन हलमा आयोजना गरिएको कन्सर्टमा उनीहरुले विभिन्न चर्चित गीतहरु आफ्नै शैलीमा प्रस्तुत गरे । कार्यक्रममा सबैभन्दा पहिले स्टेजमा आएका सुरज थापाले सारङ्गीको तालमा आफुलाई नेपाल आईडलमा चर्चित बनाएको गीत ए बरै… आमैले सोध्लिन खै छोरा भन्लिन् बोलको गीतबाट दर्शकको ताली पाउन सफल भए । यसपछि लोकप्रिय गीतहरुको संगालो उनले पस्कदा दर्शकहरु ताली पिट्दै उनलाई हौस्याउँदै थिए । यसपछि पालो आयो के टाउन एन्जल केन्जल मेहर श्रेष्ठको । उनले रक पारामा आफ्नो प्रस्तुति दिइन् । यस्तै सागर आलेले पनि विभिन्न चर्चित गीतको माध्यमबाट उपस्थित दर्शकलाई नाच्न बाध्य तुल्याएका थिए । उपस्थित दर्शकहरु सबैभन्दा बढी केन्जललाई हुटिङ गरिरहेका थिए । एक चरणको उनीहरुको प्रस्तुति सकिएपछि तीनैजना कलाकार एकै पटक स्टेजमा आएर विभिन्न गीत सामूहिक रुपमा प्रस्तुत गरे । यसलाई उपस्थित दर्शकले निकै रुचाएका थिए । कार्यक्रमपछि डिजे मिस्टा ब्लीङले डीजे सेसन सञ्चालन गरेका थिए । कार्यक्रमपछि प्रतिक्रिया दिँदै गायक सुरज थापाले आफुलाई मेलबर्नमा आउँदा आफ्नो वर्षौंदेखि छुटेका साथीभाईसँग भेट गरेजस्तै अनुभव भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, “छोटो समयका लागि आएको भएपनि एकदमै गाढा माया बस्या जस्तो भएको छ । छुट्टिने बेलामा एकदमै गाह्रो भयो । हामीलाई भोट दिने दर्शकहरुलाई आफैंले भेटेर धन्यवाद भन्न पाउनु पनि ठूलै कुरा हो जस्तो लाग्छ । हामी तीनैजना निकै खुशी छौं । उनको भनाई थियो ।” नेपाल आईडलको यो टोली तास्मानियाको कन्सर्ट सकाएर डार्विन जाने र उतैबाट नेपाल जाने फर्कने तयारीमा छ ।

(Visited 2,121 times, 1 visits today)

सम्बन्धित समाचारहरू

निरज खरेलको ‘असारे झरी’मा हेमन्ता र कृष्ण मल्लको रोमान्स
नेपाली गीत संगीतको भण्डारमा अर्को कोसेली आयो अष्ट्रेलियाबाट, राजकुमारको यस्तो भेट !
डरलाग्दो टिजर आयो सुनकेसरीको, जेठ ११ गते रिलिज गरिने (भिडियोसहित)
किसानले खेतमै सन्नी लियोनीको तस्वीर टाँगेपछि खुल्यो यस्तो रहस्य
फेब्रुअरी २४ मा ब्रिसबेनमा होली मेला २ आयोजना हुँदै, प्रवेश निःशुल्क
निशान भट्टराईको दमदार आवाजमा सजियो कोरेर मीठा भावहरु मेटाउन नखोज है (भिडियोसहित)
सन्दिप श्रेष्ठको निर्देशनमा भ्यालेन्टाईन डेका लागि सुवानी र कमलको म्युजिक भिडियो सार्वजनिक
बड्स व्याण्डको चर्चित गीत बिर्सन सक्दिन नयाँ स्वादमा, भिडियो चर्चामा (भिडियोसहित)
किरण भण्डारीको सिर्जनामा राज सिग्देल र सुजाता उपाध्यायको स्वर, यस्तो छ “आँगनमा” (भिडियोसहित)
मेलर्नबासी दर्शक श्रोताको मन जितेर गए गायक राज सिग्देल