रोयल राईनोज क्रिकेट क्लबको न्याभ कप क्रिकेट उपाधि उचाल्ने अठोट

मेलबर्नको क्रिकेट क्लब रोयल राईनोजका खेलाडी र पदाधिकारीले आफुहरु न्याभ कप क्रिकेटको उपाधि जित्न आतुर रहेको बताएका छन् । गत आईतबारबाट सुरु भएको न्याभ कप क्रिकेटमा सहभागिता जनाएको टोलीले त्यसको एक दिन अघि पत्रकार सम्मेलन गर्दै आफ्नो नयाँ जर्सी सार्वजनिक पनि गरेको छ । डेब्ने पार्कमा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष  विजयरत्न बुद्धाचार्यले आफ्नो टिम उपाधिका लागि तयार रहेको बताए । उनले जीतको आधार प्रस्तुत गर्दै खेलाडीहरुको एकताबद्ध प्रयास उपाधि जित्नका लागि हुने भन्दै निकै मेहनतका साथ टीम निर्माण गरिएको अनुभव पनि सुनाएका थिए ।
उनले भने, सुपर ६ जिलोङ तथा गोर्खाली कप जस्तो ठूलो क्रिक्रेट कपको उपाधि हासिल गरिसकेपछि अब हाम्रो नजर यस वर्षको न्याभ कपमा छ ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै क्याप्टेन निरज श्रेष्ठले क्लबमा जतिपनि खेलाडिहरु छन् उनीहरु अलराउढडर भएको बताए । यसैका कारण आफु उत्कृष्ट प्रदर्शनमा विश्वस्त रहेको पनि उनले जानकारी दिए । उक्त पत्रकार सम्मेलनमा क्लबले केही समय पछि महिला टिम बनाउने र बालबालिकाहरुको निम्ति पनि क्रिकेट टिम बनाउने बताइएको थियो ।
प्रायोजकहरुको तर्फबाट बोल्दै बीएमडब्लू एजुकेसनल कन्सल्टेन्सिका निर्देशक विष्णु सापकोटा र सरोज खाल, एभरेष्ट प्रोपर्टी एण्ड फाईनान्सका निर्देशक राजेश कँडेलले खेलको माध्यमबाट समाजलाई एकीकृत बनाउने यो अभियानमा आफुहरुको साथ रहेको बताए । उनीहरुले खेलाडहिरुको नयाँ जर्सीको पनि लोकार्पण गरे ।

(Visited 88 times, 1 visits today)

सम्बन्धित समाचारहरू

महिला फुटबल लिगको उपाधि एपिएफलाई, प्रहरी बन्यो उपविजेता
रोयल राईनोज क्रिकेट क्लबको न्याभ कप क्रिकेट उपाधि उचाल्ने अठोट
एक दिवसीय नेत्रहीन क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित !
आर्सनलका प्रशिक्षकमाथि प्रतिबन्ध, ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना
सुमार्गीको कम्पनीले नेपालको भलिबलमा गर्यो ठूलो लगानी, भलिबल संघलाई ४० लाख
तेह्रौ न्याभ कप क्रिकेट यो आईतबारबाट, ९ टिम सहभागी हुँदै
पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन पुरानो प्यारापिट भत्काउन शुरु
नेपालको प्रिमियर क्रिकेट लिगमा खेल्न अष्ट्रेलियाबाट सुनाम गौतम जाँदै
फुटबलमा भयो सुधार, फिफा वारियतामा नेपाल छ स्थान माथि
एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्स भिड्ने