राजुले सुरु गरे निर्देशन, पहिलो गीतलाई नै एक सातामा ७० हजारको भ्यू

ब्रिसबेन निवासी राजु कँडेल अर्थात् राजु कानले निर्देशन गरेको म्युजिक भिडियो अहिले चर्चित बनेको छ । एक साता नवित्दै ७० हजारभन्दा बढी दर्शकले यो भिडियो हेरिसकेका छन् । मुख्यतः नेपाली म्युजिक भिडियोमा मोडलिङ गर्दै आएका राजुले पहिलो पटक निर्देशन गरेका हुन् । उनले गायक सशान कँडेलको गीतको म्युजिक भिडियो बनाएका हुन् । ब्रिसबेनमा नै शुटिङ गरिएको गीतमा भानु बराल, प्रतिभा महर्जन र दिनेश कार्कीले अभिनय गरेका छन् । सुदिप विष्ट, कृष्ण सुवेदी र मुकेश हुमागाईंको क्यामेरा रहेको यो म्युजिक भिडियोको गीत सहारा नामक एल्बममा समेटिएको छ । म्युजिक नेपालले रिलिज गरेको यो भिडियोलाई ब्ल्याक आई क्रियसनले निर्माण गरेको हो । ब्रिसबेनसँगै नेपालका केही दृश्यहरु पनि भिडियोमा देख्न पाईन्छ । युवा युवतीबीच प्रेम सम्बन्ध र विछोडको बयान गीतमा गरिएको छ । हेरौं यो म्युजिक भिडियो –

(Visited 330 times, 1 visits today)

सम्बन्धित समाचारहरू

चितवनमा नेपथ्यको क्रेज, चार वर्षप्छि ‘लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा
मेलबर्नमा शुक्रबार राज सिग्देल लाईभ गजल साँझ आयोजना
केन्जल, सागर र सुरज थापा आइपुगे ब्रिसबेनमा, १४ जनवरीमा वेलकम वीस अठार कन्सर्ट !
विक्की श्रेष्ठको ‘तिम्रै लागी’को भिडियो सार्वजनिक, जीवन रसाइलीको निर्देशन
जापानमा ‘मिस एण्ड मिसेस नेपाल – २०१८’ हुने
भारतको चलचित्र पद्मावतीले बबाल, सेन्सर गर्न नै ६ जनाको समिति
तामाङ ल्होछारमा सिड्नीमा सांगीतिक कार्यक्रम गरिँदै, विजय लामा आउने
राजुले सुरु गरे निर्देशन, पहिलो गीतलाई नै एक सातामा ७० हजारको भ्यू
शनिबार साईप्रस हलमा गुरुङ चलचित्र खै ओ म्हि थेबा प्रदर्शन हुँदै
यो शनिबार मेलबर्नमा धमाका २०१८ हुँदै, प्रमोद खरेलसँगै सम्झना मगरले स्टेज तताउने