राजीनामा गर्ने मुडमा विनाविभागीय माओवादी केन्द्रका मन्त्रीहरु !

नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने भएका छन् । विनाविभागीय मन्त्रीहरुले राजीनामा बुझाउन लागेको सो पार्टीले जनाएको छ । रासससँग कुरा गर्दै विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई राजीनमा बुझाउन लागिएको जानकारी दिनुभयो ।
सत्ता साझेदारीमा रहेकै बेला तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल र पार्टी एकताको निर्णय गरिएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई जिम्मेवारीमुक्त गर्नुभएको थियो । “निर्वाचनको सुनिश्चितताका लागि हामी सरकारमा थियाँै, निर्वाचन सम्पन्न भएको छ । हामीले धेरै अपजस सहेर पनि निर्वाचन सम्पन्न गरायौँ, वाम गठबन्धनले जीत हासिल गरेको छ । हाम्रो जिम्मेवारी हामीले पूरा ग¥याँै भन्ने लागेको छ”, विनाविभागीय मन्त्री शाहीले भन्नुभयो । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, प्रभु साह, शाही, शिवकुमार मण्डल, आशा खनाल र सन्तकुमार थारु मन्त्रीका रुपमा सहभागी हुनुभएको थियो । यस्तै माओवादी केन्द्रबाट सात राज्यमन्त्री सरकारमा सहभागी हुनुहुन्थ्यो । विनाविभागीय भए पनि उहाँहरु मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदै आउनुभएको थियो । माओवादी केन्द्रबाट सरकारमा नेतृत्व गर्नुभएका उपप्रधानमन्त्री महरा राजधानी बाहिर भए पनि आजै एक वरिष्ठ मन्त्रीले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी गरिएको मन्त्री शाहीको भनाइ छ । संवैधानिक प्रावधानका कारण प्रधानमन्त्रीले विनाविभागीय बनाए पनि हटाउन नमिल्ने प्रावधानका कारण माओवादी केन्द्रका मन्त्री मन्त्री पदमा बहाल थिए ।

(Visited 6 times, 1 visits today)

सम्बन्धित समाचारहरू

एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक, बाँडफाँडको खाका यस्तो छ
योग्य व्यक्तिहरुलाई प्रदेश प्रमुख बनाउने सरकारको तयारी रहेको गच्छदारको दाबी
माओवादीका मन्त्रीहरु देउवा सरकारबाट बाहिर, देउवालाई सत्ता छोड्न ढिला गरेको आरोप
राजीनामा गर्ने मुडमा विनाविभागीय माओवादी केन्द्रका मन्त्रीहरु !
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेट, वाम गठबन्धनको चर्चा
एमाले र माओवादी केन्द्रबीच एकीकरण अघि बढाउन र राष्ट्रिय सभा र प्रदेश सरकार गठनका लागि कार्यदल
काँग्रेस प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा मनोनीत
वनमन्त्री पाण्डे सेनाको हेलिकोप्टरमा सरर, देशको ढुकुटी रित्याउँदै निकुञ्जको अनावश्यक भ्रमण
एकताको निम्ती हुनैपर्ने संयोजन समितिको बैठक निरन्तर सरिरहनुको कारण के ?
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा, फागुनको दोश्रो सातामात्रै सरकार बन्ने अवस्था !