रसियाको राष्ट्रपतिका लागि पुटिन सहित आठ जना उम्मेदवार

वर्तमान राष्टपति भ्लादिमिर पुटिन सहित आठ जना नेता रसियाको राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका छन् । आउदो मार्च १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उनीहरु प्रतिश्पर्धामा उत्रिने निश्चय औपचारिक रूपमा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने मतपत्रमा आठै जना उम्मेदवारहरूको नाम बर्णानुक्रम अनुसार राखिने पनि आयोगले स्पष्ट पारेको छ । उम्मेदवारी दर्ता गराएका मध्ये एक जना स्वतन्त्र उम्मेदवार रहेका छन्, जसलाई कुनै पार्टीको समर्थन वा सिफारिस छैन । त्यसैगरी एक जना अपेक्षित उम्मेदवार रहेका छन्, जसले कम्तिमा तीन लाख मतदाताहरूको हस्ताक्षर नै संकलन गरेका छन् । रसियाको राष्ट्रपतीय निर्वाचनमा राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्ने हरेक व्यक्तिले कम्तिमा एक लाख मतदाताको हस्ताक्षर बुझाउनै पर्ने व्यवस्था रहेको छ । वर्तमान राष्ट्रपति पुटिन अहिले तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।

(Visited 5 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कर्मचारीसँग यौन सम्बन्ध खुलेपछि अष्ट्रेलियाका उपप्रधानमन्त्रीले दिए राजीनामा !
पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद, विशेष अदालतबाट भ्रष्टाचारी ठहर
राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक, फागुन २९ गते देशले नयाँ राष्ट्रपति पाउने
न्याभ कप क्रिकेटको उपाधि रोयल राइनोजलाई, मल्टिकल्चरल क्रिकेट अप्रिल १४ अप्रिलबाट हुने
प्रहरीको अर्को ईन्काउन्टर, मनोज पुन र सोम आले प्रहरी कारवाहीमा मारिए !
देउवालाई झट्का, राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेल मनोनित
अधिवेशनसम्म ओली नेतृत्वमा सरकार, दुबै अध्यक्ष रहने प्रचण्डको भनाई !
कोकले नेपालबाट ४० जनालाई विश्वकप फुटबल हेर्न रसिया लैजाने, जाने हो ?
नक्कली भिसा भेटिएपछि विदेश जान ठीक्क परेका १० युवती रोकिए, अनुसन्धान हुँदै
एमालेका वरिष्ठ नेता माधव नेपालले भने पार्टी एकीकरण एक साताभित्र