माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग स्वराजको भेट, एक्लै सोल्टी पुगे प्रचण्ड

नेपालको आकस्मिक र निजी भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग माओवादी केन्द्रका अध्इक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भेट गरेका छन् । सोल्टी होटलमा भएको भेटमा भएको कुराकानीका विषयमा कुनै जानकारी आएको छैन । स्वराज भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड एक्लै सोल्टी पुगेका थिए । नेपालमा बामपन्थी गठबन्धनको सरकार बन्न लागेको बेला एमालेलाई यस्तो गठबन्धन नगर्न सुझाव दिने उद्देश्यले स्वराज आफैं आएको भन्ने भनाई एकातिर चर्चित छ भने अर्कोतिर उनले शेरबहादुर देउवा अघि नै प्रचण्ड र ओलीलाई भेटेकी छिन् । मुख्यत चुनाव सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई बधाई दिन र चुनावमा राजनीतिक दलहरुले हासिल गरेको सफलताको लागि बधाई दिने औपचारिक कुराकानीमा देखिएपनि भित्री एजेन्डाका रुपमा नयाँ सरकार आउनेवित्तिकै भारतीय सहयोगलाई कसरी उच्चतम विन्दूमा अघि बढाउन सकिन्छ भन्ने एजेन्डा रहेको बताइएको छ ।

(Visited 736 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कर्मचारीसँग यौन सम्बन्ध खुलेपछि अष्ट्रेलियाका उपप्रधानमन्त्रीले दिए राजीनामा !
पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद, विशेष अदालतबाट भ्रष्टाचारी ठहर
राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक, फागुन २९ गते देशले नयाँ राष्ट्रपति पाउने
न्याभ कप क्रिकेटको उपाधि रोयल राइनोजलाई, मल्टिकल्चरल क्रिकेट अप्रिल १४ अप्रिलबाट हुने
प्रहरीको अर्को ईन्काउन्टर, मनोज पुन र सोम आले प्रहरी कारवाहीमा मारिए !
देउवालाई झट्का, राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेल मनोनित
अधिवेशनसम्म ओली नेतृत्वमा सरकार, दुबै अध्यक्ष रहने प्रचण्डको भनाई !
कोकले नेपालबाट ४० जनालाई विश्वकप फुटबल हेर्न रसिया लैजाने, जाने हो ?
नक्कली भिसा भेटिएपछि विदेश जान ठीक्क परेका १० युवती रोकिए, अनुसन्धान हुँदै
एमालेका वरिष्ठ नेता माधव नेपालले भने पार्टी एकीकरण एक साताभित्र