माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेट, वाम गठबन्धनको चर्चा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष दाहाल र उहाँलाई भेट्न उहाँको निवास खुमलटार पुग्नुभएका महामन्त्री सिंहबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा (एमाले) र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको थियो । महामन्त्री सिंह अध्यक्ष दाहालका राजनीतिक गुरु एवं नेपालको कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्व हुनुहुन्छ । भेटका क्रममा उहाँहरुबीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिनुभएको थियो । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताउनुभएको थियो । भेटमा दुवै नेता राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत हुनुभएको छ । उहाँहरुबीच नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने र जनताको अपेक्षालाई सम्बोधन गर्ने विषयमा साझा कार्यक्रम बनाउने विषयमा समेत छलफल भएको थियो ।

(Visited 30 times, 1 visits today)

सम्बन्धित समाचारहरू

एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक, बाँडफाँडको खाका यस्तो छ
योग्य व्यक्तिहरुलाई प्रदेश प्रमुख बनाउने सरकारको तयारी रहेको गच्छदारको दाबी
माओवादीका मन्त्रीहरु देउवा सरकारबाट बाहिर, देउवालाई सत्ता छोड्न ढिला गरेको आरोप
राजीनामा गर्ने मुडमा विनाविभागीय माओवादी केन्द्रका मन्त्रीहरु !
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेट, वाम गठबन्धनको चर्चा
एमाले र माओवादी केन्द्रबीच एकीकरण अघि बढाउन र राष्ट्रिय सभा र प्रदेश सरकार गठनका लागि कार्यदल
काँग्रेस प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा मनोनीत
वनमन्त्री पाण्डे सेनाको हेलिकोप्टरमा सरर, देशको ढुकुटी रित्याउँदै निकुञ्जको अनावश्यक भ्रमण
एकताको निम्ती हुनैपर्ने संयोजन समितिको बैठक निरन्तर सरिरहनुको कारण के ?
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा, फागुनको दोश्रो सातामात्रै सरकार बन्ने अवस्था !