महाधिवेशन सुनिश्चितताको माग गर्दै नेविसंघको काठमाडौंमा प्रदर्शन !

नेपाल विद्यार्थी संघले १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेको छ । नेविसंघ महाधिवेशन पक्षधर विद्यार्थीले संघको महाधिवेशन आउन छ महिना बाँकी रहँदा पनि केही काम नभएको भन्दै अविलम्ब जिल्लाका निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शन विश्वभाषा क्याम्पसबाट शुरु भएर नेविसंघ केन्द्रीय कार्यालय धोबीधारा पुगेर कोणसभामा परिणत भएको थियो । नेविसंघका कोषाध्यक्ष शिव रिमालले नेविसंघलाई समयानुकूल बनाउने उद्देश्यले नेतृत्वलाई दबाब दिन प्रदर्शन गरिएको बताउनुभयो । “महाधिवेशन भएको डेढ वर्षसम्म पनि विवाद भएका जिल्लाको निर्वाचन हुन सकेको छैन, विभाग गठन हुन सकेको छैन, यस्तै तरिकाले संगठन अगाडि बढे तोकिएको समयमा महाधिवेशन हुन सक्दैन, त्यसैले महाधिवेशनको सुनिश्चत गर्नु हाम्रो माग हो”, उहाँले भन्नुभयो । कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य सुशील तिमल्सेना, अर्जुन बम, पुजन गन्र्धव, पुनम लामा, एलिजा ढकाल, सतिस श्रेष्ठ, महेन्द्र हमालका साथै उपत्यकाका विभिन्न क्याम्पसका अध्यक्षलगायत करिब ४०० विद्यार्थीको उपस्थिति थियो ।

(Visited 5 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अधिवेशनसम्म ओली नेतृत्वमा सरकार, दुबै अध्यक्ष रहने प्रचण्डको भनाई !
एमालेका वरिष्ठ नेता माधव नेपालले भने पार्टी एकीकरण एक साताभित्र
एकता संयोजन समितिको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता
वैद्य र चन्द नेतृत्वको माओवादीले एकता गर्ने, जनयुद्ध दिवस सँगै मनाउने
महाधिवेशन सुनिश्चितताको माग गर्दै नेविसंघको काठमाडौंमा प्रदर्शन !
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग स्वराजको भेट, एक्लै सोल्टी पुगे प्रचण्ड
भारतसँग घनिष्ठतापूर्वक काम गर्ने एमाले अध्यक्ष ओलीको प्रतिबद्धता, आज स्वराजले देउवा भेट्ने
कामचलाउ सरकारले गरेका सबै काम मान्य नहुने, कर्मचारी अवकाश दिने निर्णय पनि ढुकुटी रित्याउने खेल भएको आरोप
ओली र प्रचण्डबीच भेटवार्ता, आईतबारको कार्यदल बैठकका एजेण्डाका बारेमा छलफल
प्रदेश प्रमुखको शपथ आज हुँदै, राष्ट्रपतिले सपथग्रहण गराउने