भारत भ्रमणले गर्दा प्रधानमन्त्रीको चीन भ्रमण रोकियो, कस्तो संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सकेर फर्किएका छन् । उनले आपसी असमझदारी अन्त्य गर्न भ्रमण सफल भएको प्रतिक्रिया पनि दिएका छन् । तर, यही भ्रमणका कारण उनको चीनमा हुन लागेको भ्रमण भने रोकियो । बोआओ फेरममा प्रधानमन्त्री जाने कार्यक्रम थियो । भारतबाट फर्किए लगत्तै जाने भनिएपनि यो भ्रमण हुन सकेन । भारतसँगको भ्रमणमा नेपालको काठमाडौंसम्म रेलसेवा ल्याउने प्रस्ताव पारित भएको छ । यो प्रस्ताव आएस्ँगै अब चीनसँगको सम्झौता पनि तुहिने हो कि भन्ने आशंका एकातिर व्यक्त गर्न थालिएको छ भने अर्कोतर्फ भारतले पनि नबनाइदिने र चीनले पनि चासो नदेखाउने अवस्था आउने होकि भन्ने आशंका अर्कोतिर छ ।
प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताएका थिए । उनले भने “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए, सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पु¥याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले भूमिका खेलेको छ ।”
नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गङ्गाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता कुराको आवश्यक प्रक्रिया अघि बढाउने कुराले विश्वासको वातावरण पैदा गरेको सिद्ध भएको प्रभानमन्त्रीको भनाइ थियो । “भ्रमणका क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत सबै पक्षसँगको भेटवार्ता र छलफलका क्रममा नेपालको सार्वभौमसत्ता एक स्वतन्त्र राष्ट्र अहस्तक्षेपकारी नीतिमा छ र आफ्ना सवालमा स्वतन्त्र ढंगले आफँै निर्णय गर्छ भन्ने नेपाली भाव प्रष्ट प्रकट भएको छ,”– प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भमा २१ औँ शताब्दी अनुकूल आजको आवश्यकता नेपाल र भारतबीचको सम्बन्ध समानता, पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा अघि बढ्छ भन्ने आधार भ्रमणले स्पष्ट गरेको उल्लेख गरेका छन् । भारतसँग भएका विगतका समझदारी कार्यान्वयनका लागि कसरी समन्वयका साथ अघि बढाउने भन्नेबारे छलफल गरी साझा संयन्त्र बनाएर अघि बढ्ने नेपालको तयारी छ ।

(Visited 10 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा शैक्षिक परामर्शदाताहरुको मेला सम्पन्न, कामदेखि स्वास्थ्य र अध्यागमन नीतिसम्मको जानकारी
सुन तस्करी र हत्या प्रकरणमा प्रहरीका पूर्व डीआईजी निरौला पक्राउ
“एकता हुन रोक्नुपर्ने कुरा छैन, एकता रोक्नुपर्ने कारण र तर्क केही पनि छैन, एकता निकट भविष्यमा हुन्छ ।”
बाघको आक्रमणबाटै बाघ मृत, दुई महिनामा चार बाघ मरे
एकताको सन्देश संयुक्त रुपमा दिन सम्बोधन गर्दै प्रधानमन्त्री र प्रचण्ड, केही विषय टुंगो लगाउन बाँकी
दीपक मनाङे पक्राउ, ज्यान मारेको अभियोगमा ५ वर्ष जेलमा बस्नुपर्ने
सरकारले सम्पत्ति छानविन गर्ने बताएपछि बस व्यवसायीले निकाले एकै दिन तीन करोड
एमाले वरिष्ठ नेता माधव नेपालले भने, अब दुई पार्टीको एकीकरण कसैले चाहेर पनि टर्दैन
एकीकरणपछि चुनाव चिन्हका विषयमा टुंगो नलागेको प्रचण्डको तर्क, छलफल जारी
युटीएसमा नेपाली विद्यार्थी तान्याले गरिन् सिभिल ईन्जिनियरिंगमा क्लास टप
English