भारतले दिने भयो डा. सन्दुक रुईतलाई पद्मश्री पुरस्कार

उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुन्थ्यो । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योेगपति, व्यापारी, समाजसेवी, कलाकार, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित वर्गको उपस्थिति थियो । समारोहमा राजदूत पुरीले नेपाली नागरिक डा सन्दुक रुइतलाई पद्मश्री सम्मान प्रदान गर्ने निर्णय भारत सरकारले गरेको जानकारी दिँदै यसै वर्ष विशेष समारोहमा उक्त सम्मान प्रदान गरिने बताउनुभयो । भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगेको बताउँदै उहाँले दुई देशबीचको सम्बन्ध अत्यन्त सुमधुर छ भन्नुभयो । भारतीय दूतावासमा आयोजित कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झण्डा फहराउँदै गणतन्त्र दिवसमा अवसरमा भारतका राष्ट्रपतिले जारी गर्नुभएको सन्देश वाचन गर्नुभएको थियो । उहाँले विभिन्न सामाजिक संघसंस्था तथा अस्पताललाई छ बस र ३० एम्बुलेन्स एवं शैक्षिक प्रतिष्ठानलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । समारोहमा नयाँदिल्लीस्थित ‘ऋषि’ नामक सांगीतिक समूह र नेपाली सेनाको एउटा टोलीले विविध सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

(Visited 17 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कर्मचारीसँग यौन सम्बन्ध खुलेपछि अष्ट्रेलियाका उपप्रधानमन्त्रीले दिए राजीनामा !
पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद, विशेष अदालतबाट भ्रष्टाचारी ठहर
राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक, फागुन २९ गते देशले नयाँ राष्ट्रपति पाउने
न्याभ कप क्रिकेटको उपाधि रोयल राइनोजलाई, मल्टिकल्चरल क्रिकेट अप्रिल १४ अप्रिलबाट हुने
प्रहरीको अर्को ईन्काउन्टर, मनोज पुन र सोम आले प्रहरी कारवाहीमा मारिए !
देउवालाई झट्का, राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेल मनोनित
अधिवेशनसम्म ओली नेतृत्वमा सरकार, दुबै अध्यक्ष रहने प्रचण्डको भनाई !
कोकले नेपालबाट ४० जनालाई विश्वकप फुटबल हेर्न रसिया लैजाने, जाने हो ?
नक्कली भिसा भेटिएपछि विदेश जान ठीक्क परेका १० युवती रोकिए, अनुसन्धान हुँदै
एमालेका वरिष्ठ नेता माधव नेपालले भने पार्टी एकीकरण एक साताभित्र