बारले गर्यो गोविन्दराज डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह, पराजुलीको बचाउ

नेपाल बार एसोसियसन बरिष्ठ चिकित्सक डा. गोबिन्द केसीले प्रेषित गरेको विज्ञप्ती र उनले गरेको आमरण अनशन अदालतको अपहेलना मुद्धाको कार्बाही पश्चात सञ्चार माध्ययमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गरेका छ । बार एसोसिएसनले प्रधानन्यायाधीश पराजुलीलाई व्यक्तिगत रुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआएसम्म प्रधानन्यायाधीशको राजीनामा माग गर्ने अनसनरत डा गोविन्द केसीका कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ। बारकाे शुक्रबार बसेको सल्लाहकार कार्यसमिति बैठकले अदालत र न्यायाधीशप्रति स्वच्छ टिप्पणी नभएको उल्लेख गर्दै डा.केसीले अदालतप्रति जनआस्था घटाउने काम गरेको भन्दै आलोचना गरेको छ। बारका महासचिव खम्बबहादुर खातीले जारी गरेको विज्ञप्तिमा न्यायाधीश विरुद्ध उजुरी गर्ने थलो न्याय परिषद् भएको र परिषद्ले‌ अध्ययन गर्न सक्ने भएको तर उक्त प्रक्रियामा नगई अनसनको गलत प्रवृत्ति डा केसीले सुरु गरेको बताएको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा साधारण तारेखमा रिहा गरेपछि पनि अनसन बस्नु उचित नभएको भन्दै बारले तत्काल अनसन फिर्ता लिन डा केसीलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।

(Visited 24 times, 1 visits today)

सम्बन्धित समाचारहरू

बाह्र राशी मकर मेलामा प्रधानमन्त्री देउवा, राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिने स्पष्टीकरण
पूर्वसांसदहरुलाई करोडौं बाँड्ने प्रयास असफल, सर्वोच्चले लगायो अंकुश !
बारले गर्यो गोविन्दराज डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह, पराजुलीको बचाउ
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण, मनाइयो राष्ट्रिय एकता दिवस
डाक्टर गोविन्द केसी धरौटीमा रिहा, प्रधान्यायाधीशको नागरिकता र शैक्षिक योग्यताको छानविन हुने
चौध बुँदामा सर्वोच्च अदालतमा डा गोविन्द केसीको बयान, बुधबारबाट सुनवाई
नारायणी नदीमा नेपालकै पहिलो अत्याधुनिक प्रविधिको ‘सिग्नेचर ब्रिज’ बन्ने
डाक्टर गोविन्द केसी पक्राउ, गृहमन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले भने मलाई थाहा नदिने ?
डा केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न सर्वोच्चको आदेश, अब के होला ?
प्रधानन्यायाधीशलाई बर्खास्त गर्नुपर्ने माग गर्दै डाक्टर गोविन्द केसी आमरण अनसनमा