नेपाल प्रहरीको प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रले पनि पायो नयाँ महानिरीक्षक

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । राज्यमन्त्री बाँस्कोटाका अनुसार उहाँहरुलाई पर्सि चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो । संगठनमा प्रहरी नायब महानिरीक्षकको वरियतामा दुवै जना शीर्षस्थानमा हुनुहुन्थ्यो । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तीस वर्षे अवधिका कारण भोलि बुधबारदेखि अवकाशमा जाँदै हुनुहुन्छ ।

खनाल नेपाल प्रहरीमा निडर र प्रभावशाली प्रहरीका रुपमा चिनिन्छन्। २०२३ सालमा तनहुँमा जन्मेका खनालले देशमा विद्यमान गुन्डागर्दी, आर्थिक ठगी र खेलकुद क्षेत्रमा देखिएका अपराधका विषयमा उल्लेखनीय काम गरेका छन्। आर्थिक विवादमा पनि नमुछिएर क्लिन छवि कायम गर्न उनी सफल छन्। २०४६ माघ २९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका खनाल महानगरीय अपराध अनुसन्धान महाशाखामा रहदा गुन्डा नाइके कुमार घैँटेको इन्काउन्टरका कारण चर्चामा आएका थिए। २०७२ साल भदौ ३ गते घैँटे इन्काउन्टरमा मारिएका थिए।
अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरी अनुसन्धान गरेपछि खनाल झनै चर्चामा आएका थिए। यो मुद्दा अदालतमा जारी छ।  विभिन्न उपकरण जडान जडान गरी तेलको मात्रा कम गरी पेट्रोलियम पदार्थ बेच्ने गिरोहको भण्डाफोर गर्दै हत्कडी लगाउँदा पनि उनी फेरि चर्चामा आए। शान्ति विद्या निकेतनबाट २०३८ सालमा एसएसलसी उत्तीर्ण गरेका खनालले काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेका थिए। विभिन्न जिल्लाको कमान्ड सम्हालेको अनुभव पनि खनालसँग छ। तराईका जिल्लामा हुने तस्करी र गुन्डागर्दी नियन्त्रणमा पनि उनको महत्वपूर्ण भूमिका थियो।प्रहरी निरीक्षक भएको नौ वर्षपछि उनी डिएसपीमा बढुवा भएका थिए। २०६८ सालमा एसएसपीमा बढुवा भएका खनाल पोहोर डिआइजीमा बढुवा भएका थिए। बहालवाला सबै एआइजीको अवकाश हुने भएकोले उनको सीधै डिआइजीबाट आइजीमा बढुवा भएको हो।  डिआइजी भएलगत्तै खनालले ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए।

(Visited 20 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा शैक्षिक परामर्शदाताहरुको मेला सम्पन्न, कामदेखि स्वास्थ्य र अध्यागमन नीतिसम्मको जानकारी
सुन तस्करी र हत्या प्रकरणमा प्रहरीका पूर्व डीआईजी निरौला पक्राउ
“एकता हुन रोक्नुपर्ने कुरा छैन, एकता रोक्नुपर्ने कारण र तर्क केही पनि छैन, एकता निकट भविष्यमा हुन्छ ।”
बाघको आक्रमणबाटै बाघ मृत, दुई महिनामा चार बाघ मरे
एकताको सन्देश संयुक्त रुपमा दिन सम्बोधन गर्दै प्रधानमन्त्री र प्रचण्ड, केही विषय टुंगो लगाउन बाँकी
दीपक मनाङे पक्राउ, ज्यान मारेको अभियोगमा ५ वर्ष जेलमा बस्नुपर्ने
सरकारले सम्पत्ति छानविन गर्ने बताएपछि बस व्यवसायीले निकाले एकै दिन तीन करोड
एमाले वरिष्ठ नेता माधव नेपालले भने, अब दुई पार्टीको एकीकरण कसैले चाहेर पनि टर्दैन
एकीकरणपछि चुनाव चिन्हका विषयमा टुंगो नलागेको प्रचण्डको तर्क, छलफल जारी
युटीएसमा नेपाली विद्यार्थी तान्याले गरिन् सिभिल ईन्जिनियरिंगमा क्लास टप
English