नेपाली कृषकले गरे कमाल, फलाए साढे चौध किलोको एउटै काउली

म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाउनुभएको हो । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताउनुभयो । कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । उहाँले मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो । भगवतीका कृषकलाई समेटेर व्यावसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोग गर्ने सोच बनाएको अध्यक्ष कटुवालले बताउनुभयो ।

(Visited 1,805 times, 1 visits today)

सम्बन्धित समाचारहरू

नेपाली कृषकले गरे कमाल, फलाए साढे चौध किलोको एउटै काउली
तस्करले विभिन्न समयमा डेनमार्क पुर्याएका यी नेपाली मूर्तिहरु फिर्ता ल्याउन पहल आवश्यक
विमानभित्रै सुरु भयो एभिएसन संग्रहालय, अहिले विद्यार्थीलाई मात्र प्रवेश
१६ वर्षसम्म मौनव्रत !
सोनामाई मन्दिरमा भूत मेला शुरु, भारतबाट पनि आए दर्शनार्थी
उजागर हुन नसकेको अचम्मको प्राकृतिक पुल जहाँ गाडी पनि चल्छ
लामखुट्टे मारेको फोटो पोष्ट गरेपछि ट्वीटरले ब्लक गरिदियो एकाउन्ट
१३ बर्ष पहिले हराएको म्यारी ग्राम्सको हिराको औँठी करेसा बारीमा फेला
भक्तपुरमा उन्नाइस वर्षपछि पाण्डव कथामा आधारित सलःचा प्याखँ नाच हुँदै
झापाको कमल गाउँपालिकामा गोला प्रथा गर्दा पनि एमाले नै विजयी