नर्दन टेरेटोरीका प्रिमियरको उपस्थितिमा पहिलो पटक डार्विनमा नेपाल फेष्टिभल भव्यरुपमा सम्पन्न

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम नेपाल फेष्टिभल डार्विनमा पहिलो पटक आयोजना भएको छ । नेप्लीज एशोसिएसन नर्दन टेरेटोरीको संयुक्त आयोजनामा एनआरएनले कार्यक्रम सम्पन्न गरेको हो । नदर्नन टेरेटोरीका प्रिमियर माईकल गुन्नरको प्रमुख आतिथ्यमा सम्पन्न भएको नेपाल फेष्टिभल अघि विभिन्न झाँकीसहितको नेपाली परेड आयोजना गरिएको थियो । परेडमा नेपाली भेषभूषमा सजिएका विभिन्न जातजातिको पहिरनमा नेपाली समूदायका सदस्यहरु सहभागी बनेका थिए । परम्परागत मौलिक बाजाहरु बजाउँदै उनीहरुले डार्विनवासीलाई आकर्षित गरेका थिए । कार्यक्रममा सहभागी हुन अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, एनआरएन आईसीसी अध्यक्ष शेष घले, ओसेनिया क्षेत्रीय उपसंयोजक केशव ईश्वर कुँईकेल, उपाध्यक्ष केशव कँडेल, महासचिव नारायण कोइराला, सचिव देव गुरुङसहित एनआरएन अभियन्ताहरु सहभागी बनेका थिए । कार्यक्रममा दि एड्ज व्याण्ड, मेलबर्नको महागुठी व्याण्डले आफ्नो सांगीतिक प्रस्तुतिबाट उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिएको थियो भने स्थानीय प्रतिभाहरुले पनि आफुलाई मञ्चमा प्रस्तुत गरेका थिए । पहिलो पटक नेपाली खाना, भेषभूषा र संस्कृतिको बृहद प्रदर्शन भएका कारण डार्विनमा बसोबास गर्दै आएका सबै नेपाली सहभागी बनेका थिए ।
वैशाख १ गते नयाँ वर्षकै अवसर पारेर आयोजना गरिएको नेपाल महोत्सवमा बोल्दै प्रमुख अतिथि प्रिमियर माईकल गुन्नरले विगत १० वर्षदेखि डार्विनमा नेपाली नयाँ वर्ष मनाइँदै आएको स्मरण गर्दै १५ सय नेपालीको बसोबास रहेको डार्विनमा अझै बढी नेपाली आउन् भन्ने आफ्नो अपेक्षा रहेको बताए । नेपाली राजदूत शेर्पाले डार्विनमा नेपाल महोत्सव आयोजना हुनु ऐतिहासिक भएको बताइन् । डार्विनमा सानो समूदाय भएपनि नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी र एनआरएन नर्दन टेरेटोरीले गरेको काम प्रशंसनीय भएको उनको भनाई थियो । स्थानीय सरकारले गरेको सहयोगको पनि राजदूत शेर्पाले प्रशंसा गरिन् । डार्विनमा रहेर नेपाली समूदायमा योगदान गर्नेहरुलाई एक्सीलेन्सी एवार्ड पनि प्रदान गरिएको थियो ।

(Visited 1,840 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा शैक्षिक परामर्शदाताहरुको मेला सम्पन्न, कामदेखि स्वास्थ्य र अध्यागमन नीतिसम्मको जानकारी
सुन तस्करी र हत्या प्रकरणमा प्रहरीका पूर्व डीआईजी निरौला पक्राउ
“एकता हुन रोक्नुपर्ने कुरा छैन, एकता रोक्नुपर्ने कारण र तर्क केही पनि छैन, एकता निकट भविष्यमा हुन्छ ।”
बाघको आक्रमणबाटै बाघ मृत, दुई महिनामा चार बाघ मरे
एकताको सन्देश संयुक्त रुपमा दिन सम्बोधन गर्दै प्रधानमन्त्री र प्रचण्ड, केही विषय टुंगो लगाउन बाँकी
दीपक मनाङे पक्राउ, ज्यान मारेको अभियोगमा ५ वर्ष जेलमा बस्नुपर्ने
सरकारले सम्पत्ति छानविन गर्ने बताएपछि बस व्यवसायीले निकाले एकै दिन तीन करोड
एमाले वरिष्ठ नेता माधव नेपालले भने, अब दुई पार्टीको एकीकरण कसैले चाहेर पनि टर्दैन
एकीकरणपछि चुनाव चिन्हका विषयमा टुंगो नलागेको प्रचण्डको तर्क, छलफल जारी
युटीएसमा नेपाली विद्यार्थी तान्याले गरिन् सिभिल ईन्जिनियरिंगमा क्लास टप
English