डा. रामशरण महतलाई पानीको बोतलले हान्ने खड्का पक्राउ

पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात महतलाई पानीले भरिएको बोतल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो । साँझ ६ बजेतिर भएको घटनामा संलग्न रहेका खड्कालाई प्रहरीले पक्राउ गरी राति नै जिल्ला प्रहरी कार्यालय विदुरमा ल्याएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

(Visited 758 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सुन तस्करी र हत्या प्रकरणमा प्रहरीका पूर्व डीआईजी निरौला पक्राउ
दीपक मनाङे पक्राउ, ज्यान मारेको अभियोगमा ५ वर्ष जेलमा बस्नुपर्ने
एक लाखका लागि रुपन्देहीका व्यवसायीको गोली हानी हत्या गर्ने गुरुङ पक्राउ
धनुषा : खेतमा लगेर बलात्कार, भिडियो खिचेर ब्ल्याकमेल
सुनचाँदी पसलमा बम बिस्फोट गराउने को हो ? सुन तस्करीको कनेक्सन के छ ?
डा. रामशरण महतलाई पानीको बोतलले हान्ने खड्का पक्राउ
चार तल्ला माथिबाट खसालेर मारिएका भुजेलको हत्यारा पक्राउ
कञ्चनपुरमा दुई महिलाको हत्याको अभियोगमा ६६ वर्षीय बृद्ध पक्राउ परे
अष्ट्रेलियामा वर्किङ भिसा मार्फत पीआर दिलाइदिन्छु भनी हजारौं डलर ठग्ने फरार, अनुसन्धान हुँदै
सांसदको प्रमाणपत्र नपाएपछि रेशम चौधरीले अदालतमा गरे समर्पण, बयान लिइँदै
English