चटके नेता विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई भ्रष्टाचार गरेकोमा साँढे तीन वर्ष जेल सजाय

भारतीय राजनीतिमा आफ्नो चटके अभिव्यक्तिका कारण बारम्बार चर्चामा आइरहने नेता एवं बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गर्दै साढे तीन बर्षको जेल सजाय तोकेको छ । उनलाई भारतीय पाँच लाख रुपैँया जरिवाना समेत तोकिएको छ । पूर्व मुख्यमन्त्री लालुलाई देओघार ट्रिजरीबाट सन् १९९१ देखि सन् १९९४ बीचमा ८९ लाख भारतीय रूपैँया बराबरको रकम दुरुपयोग गरेको अभियोगमा जेल सजाय तोकिएको हो ।
सिविआई विशेष न्यायाधीस शिवपाल सिंहले पूर्व मुख्यमन्त्री यादव विरुद्धको सजाय भिडियो सम्मेलनमार्फत घोषणा गरेका थिए । अदालतले लालु यादवले अदालतले तोकेको जरिवाना नबुझाएमा जेल सजायमा छ महिना थप गरी कैद बस्नुपर्ने पनि जनाएको छ । लालुबाहेक उक्त आरोपमा थप २० जनामाथि सुनुवाई भएकोमा १४ जनालाई गत डिसेम्बर १४ मा अदालतले दोषि ठहर गरेको थियो । बिहारकै अर्का पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्र लगायतका सात जनाले भने अदालतबाट सफाई पाएका छन् । तर यादवले आफ्नो उमेर तथा स्वास्थ्यलाई मध्यनजर गर्दै आफूमाथि निम्नतम सजाय तोक्न अदालतसमक्ष निवेदन दिएका थिए । यादवले अदालतसँग गरेको अपिलमा भन्नुभएको छ, “चारा घोटाला काण्डमा मेरोे प्रत्यक्ष सम्लग्नता थिएन । अतः उमेर र मेरो स्वास्थ्यलाई मध्यनजर गर्दै निम्नतम सजाय तोकियोस ।” पूर्व मुख्यमन्त्री यादवसहितलाई सजाय घोषणा हुँदा अदालत बाहिरको सुरक्षास्थितिलाई कडा पारिएको थियो ।
यादवसहितका १४ जनाको मुद्दा जनवरी ३ तारिखका लागि सुनुवाईको मिति तय गरिएकोमा सरेर शनिबारमात्र फैसला सुनाइएको छ । अदालतले लालु यादवका छोरा तेजस्वी यादव तथा उहाँको दलका केही नेता तथा समर्थकमाथि अदालतको मानहानी गरेको ठहर गरेको छ । उनीहरूले मुद्दाको सुनुवाई गरेका न्यायाधीसलाई धम्की दिने प्रयास गरेको बताइएको छ ।
पूर्वमुख्यमन्त्री यादवले यसअघि चाइबासा कोष नामक अर्को यस्तै काण्डमा दोषि ठहर गरिएको थियो । तर त्यसवेला भने जमानतमा छुटेका थिए । भ्रष्टाचार अभियोग लागेपछि उहाँलाई लोक सभा सदस्य बन्न अयोग्य गरिएको थियो ।

(Visited 25 times, 1 visits today)

सम्बन्धित समाचारहरू

पाकिस्तान चार दिनदेखि अशान्त, बालिका बलात्कारीलाई झुण्ड्याउनुपर्ने माग
साउदी महिलाहरुको यो ऐतिहासिक उपलब्धी, रङ्गशाला महिलाका लागि पहिलो पटक खुल्दै
चटके नेता विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई भ्रष्टाचार गरेकोमा साँढे तीन वर्ष जेल सजाय
सत्ताविरोधी गतिविधि गरेको आरोपमा एघार जना साउदी राजकूमार पक्राउ
थाइल्याण्डमा नयाँ वर्ष सडक दुर्घटनाको रुपमा काल बनेर आयो ३७५ जनालाई
नयाँ वर्षको रात प्रहरी चेकिंग, १७ हजारले गरे मापसे, पुरुषभन्दा महिला बढी
स्टालिनपछिको सबैभन्दा बढी सत्तामा टिक्ने नेता बन्दै पुटिन, पुनः उम्मेदवारी दर्ता
पेट्रोलियम पदार्थको आयात घटाउने अभियानमा भारत, मोदीले भने रेल चढ्नुस्
राष्ट्रपतिको उम्मेदवारी दिने घोषणा गरेका कर्णेलको जेलको बास
काँग्रेस अध्यक्षका लागि राहुल गान्धीको उम्मेदवारी, सोनिया गान्धी अस्वस्थ