काठमाडौं तराई फाष्ट ट्रयाकको विषयमा खोकनावासीसँग छलफल, ऐतिहासिक स्थल जोगाईने

नेपाली सेनाले काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम अघि बढाउने सिलसिलामा ललितपुरको खोकनाको मुआब्जाका सम्बन्धमा सम्बन्धित सरकारी निकाय, स्थानीय जनप्रतिनिधि र सरोकार भएका पक्षसँग विभिन्न चरणमा छलफल गरिरहेको छ ।
खोकनाको ऐतिहासिक स्थान कुदेश र श्रीपालीको मन्दिरलगायत पुरातात्विक महत्वका संरचना यथावत् बचाइराख्न तथा मुआब्जा विवादलाई सरलीकरण गरी कार्यसम्पादन गर्न सेनाले प्रयास गरिररहेको छ । सेनाले द्रुतमार्ग निर्माण तथा आयोजनास्थलको सुरक्षार्थ पहिलो चरणमा गत साउनदेखि मख्खुबेंसी, सिस्नेरी दोभान, लेनडाँडा, बुदुने तथा बागदेवमा सुरक्षा आधार शिविर स्थापना गरी काम गरिरहेको छ । अहिले उक्त मार्गका लागि माटो सबलीकरण, कटान, माटो भराइ र सडक ढाँचाको पुनः रुजुलगायत काम भइरहेको जनाएको छ । आयोजना तोकिएकै समयमा पूरा गर्ने लक्ष्यानुरुप हाल २० स्वदेशी निर्माण व्यवसायीलाई ठेक्का दिइएको जनाउँदै सेनाले अरु तीन निर्माण व्यवसायीलाई ठेक्का दिने काम प्रक्रियामा रहेको जनाएको छ । त्यस्तै पाँच निर्माण व्यवसायीसँग आवश्यक उपकरण उपलब्ध गराउने गरी सम्झौता भइसकेको छ । सेनाले द्रुतमार्गको मार्गाधिकारभित्र परेका रुख कटान र व्यवस्थापनलाई तीव्रता दिइरहेको छ । राजमार्ग निर्माणसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने सिलसिलामा आशयपत्रका लागि १५ दिनभित्र इच्छुक स्वदेशी तथा विदेशी कम्पनीसँग निवेदन माग गरिएको सैनिक जनसम्पर्क तथा सूचना दिर्नेशनालयले जनाएको छ । छयहत्तर किलोमिटर लामो राष्ट्रिय गौरवको उक्त आयोजना चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको छ ।

(Visited 10 times, 1 visits today)

सम्बन्धित समाचारहरू

बाघको आक्रमणबाटै बाघ मृत, दुई महिनामा चार बाघ मरे
एकताको सन्देश संयुक्त रुपमा दिन सम्बोधन गर्दै प्रधानमन्त्री र प्रचण्ड, केही विषय टुंगो लगाउन बाँकी
सरकारले सम्पत्ति छानविन गर्ने बताएपछि बस व्यवसायीले निकाले एकै दिन तीन करोड
एकीकरणपछि चुनाव चिन्हका विषयमा टुंगो नलागेको प्रचण्डको तर्क, छलफल जारी
नेपाल विकासको मार्गमा अघि बढ्छ, कसैले रोक्न सक्दैन भन्दै प्रधानमन्त्रीको रारा ताल किनारबाट सम्बोधन
आजबाट २०७५ सालको नयाँ वर्ष आरम्भ, विक्रम सम्वतको यस्तो छ ईतिहास जान्नुहोस्
नेपालको वाणिज्य बैंकमा पहिलो सिइओ हुने अनुपमा को हुन् ?
बाबुको उमेरको पुरुषलाई श्रीमान्का रुपमा स्वीकार्नु महिलाको मूर्खता, छोरा पाउने भन्दै छैठौं बिहे गर्ने रोल्पामा भेटिए
नेपाल प्रहरीको प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रले पनि पायो नयाँ महानिरीक्षक
भारत भ्रमणले गर्दा प्रधानमन्त्रीको चीन भ्रमण रोकियो, कस्तो संकेत
English