एमाले र माओवादी केन्द्रबीच एकीकरण अघि बढाउन र राष्ट्रिय सभा र प्रदेश सरकार गठनका लागि कार्यदल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठकले कार्यदल बनाएको छ। बैठकले राष्ट्रिय सभा र प्रदेश सरकार गठनका लागि कार्यदल बनाएको हो। उक्त कार्यदलमा एमालेका सुवासचन्द्र नेम्वाङ, शंकर पोख्रेल सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादीबाट राम बहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य रहेको एमाले नेता झलनाथ खनालले नागरिक न्यूजलाई बताए। प्रदेश सभा सरकार गठन, राष्ट्रिय सभा निर्वाचन बारे कार्यदलले काम गर्ने छ। राजनीतिक तथा कानूनी विषयमा तयारी गरेर कार्यदलले पार्टीलाई सुझाव दिने गरी कार्यदल गठन भएको खनालको भनाई छ। खनालका अनुसार बैठकले पार्टी एकतालाई सम्पादन गर्नको लागि दुई कार्यदल बनाउने निर्णय गरेको छ। एकता पछि बन्ने पार्टीको वैचारिक दिशातय गर्नको लागि वैचारिक कार्यदल र संगठन सम्वन्धि तयारी गर्नको लागि संगठनात्मक कार्यदल बनाउने सहमति भएको खनालले बताए।
खनालका अनुसार बैठकले पार्टी एकतालाई सम्पादन गर्नको लागि दुई कार्यदल बनाउने निर्णय गरेको छ। एकता पछि बन्ने पार्टीको वैचारिक दिशातय गर्नको लागि वैचारिक कार्यदल र संगठन सम्वन्धि तयारी गर्नको लागि संगठनात्मक कार्यदल बनाउने सहमति भएको खनालले बताए। दुई कार्यदलका सदस्यहरुबारे अर्को बैठकले निर्णय गर्ने उनले जानकारी दिए। संगठनात्मक कार्यदलले नयाँ बन्ने पार्टीमा पदीय बाँडफाँट कसरी गर्ने भन्ने तयारी सहित गर्ने छ। एकता पछिको पदिय बाँडफाँटबारे बैठकमा छलफल भए पनि त्यसको गृहकार्य कार्यदलले गर्ने र त्यसको आधारमा निर्णय लिने गरी बैठकमा छलफल भएको थियो। बैठकले सरकारलाई दिर्घकालिन महत्वका निर्णय नगर्न समेत अनुरोध गरेको छ। असोज १७ गते एमाले र माओवादीबीचमा चुनावी तालमेल भएको थियो। निर्वाचन पछि पार्टी एकता गर्ने भनिए पनि त्यसले गति लिन नसकिरहेको अवस्थामा संयोजन समितिको बैठक बसेको हो। बैठकमा नेताहरुले एकता प्रक्रियालाई तिब्रता दिनुपर्ने बताएका छन्। संयोजन समितिको बैठक बस्नु अघि आइतबार दुई अध्यक्ष दाहाल र ओलीबीच छलफल भएको थियो। सोमबार एमालेको स्थायी कमिटी बैठक बसेर तयारी गरेको थियो भने सोमबार नै माओवादीका शीर्ष नेताहरुबीच समेत छलफल भएको थियो।

(Visited 10 times, 1 visits today)

सम्बन्धित समाचारहरू

एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक, बाँडफाँडको खाका यस्तो छ
योग्य व्यक्तिहरुलाई प्रदेश प्रमुख बनाउने सरकारको तयारी रहेको गच्छदारको दाबी
माओवादीका मन्त्रीहरु देउवा सरकारबाट बाहिर, देउवालाई सत्ता छोड्न ढिला गरेको आरोप
राजीनामा गर्ने मुडमा विनाविभागीय माओवादी केन्द्रका मन्त्रीहरु !
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेट, वाम गठबन्धनको चर्चा
एमाले र माओवादी केन्द्रबीच एकीकरण अघि बढाउन र राष्ट्रिय सभा र प्रदेश सरकार गठनका लागि कार्यदल
काँग्रेस प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा मनोनीत
वनमन्त्री पाण्डे सेनाको हेलिकोप्टरमा सरर, देशको ढुकुटी रित्याउँदै निकुञ्जको अनावश्यक भ्रमण
एकताको निम्ती हुनैपर्ने संयोजन समितिको बैठक निरन्तर सरिरहनुको कारण के ?
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा, फागुनको दोश्रो सातामात्रै सरकार बन्ने अवस्था !