एक दिवसीय नेत्रहीन क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित !

पाकिस्तानमा जारी पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको जिन्नाह स्टेडियमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल पाकिस्तानसँग टि–२० र एकदिवसीयमा पराजित हुँदै आएको छ ।
त्यस्तै पाकिस्तानले सोमबार लाहोरमा भएको पहिलो खेलमा बंगलदेशमाथि ९ विकेटको जित निकालेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई २५९ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रेको पाकिस्तानले १९ दशमलव १ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । पाकिस्तानको लागि बदानर मुनिरले शतक प्रहार गरे । उनले ५९ बल खेलेर १२६ रन जोडे । त्यस्तै महसिन खान ७४ तथा आमिर अस्फाक ४६ रनमा अविजित रहे । नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २५८ रनको योगफल बनाएको थियो । नेपालका लागि रमेशबहादुर बानियाले सर्वाधिक ५९ रनको योगदान दिए । यस्तै पदक बडैलाले ५०, बद्री चौलागाइले ४९, खिमानन्द गैरेले ३० तथा भरत थापाले ११ रनको योगदान दिए । नेपालले आफनो दोस्रो खेल बुधबार बंगलादेश खेल्नेछ ।

(Visited 16 times, 1 visits today)

सम्बन्धित समाचारहरू

महिला फुटबल लिगको उपाधि एपिएफलाई, प्रहरी बन्यो उपविजेता
रोयल राईनोज क्रिकेट क्लबको न्याभ कप क्रिकेट उपाधि उचाल्ने अठोट
एक दिवसीय नेत्रहीन क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित !
आर्सनलका प्रशिक्षकमाथि प्रतिबन्ध, ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना
सुमार्गीको कम्पनीले नेपालको भलिबलमा गर्यो ठूलो लगानी, भलिबल संघलाई ४० लाख
तेह्रौ न्याभ कप क्रिकेट यो आईतबारबाट, ९ टिम सहभागी हुँदै
पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन पुरानो प्यारापिट भत्काउन शुरु
नेपालको प्रिमियर क्रिकेट लिगमा खेल्न अष्ट्रेलियाबाट सुनाम गौतम जाँदै
फुटबलमा भयो सुधार, फिफा वारियतामा नेपाल छ स्थान माथि
एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्स भिड्ने