आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै श्रीमती कुट्ने श्रेष्ठ प्रहरी खोरमा

आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका– २ बालकोट बस्ने ३८ वर्षीय सुमन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखिएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ । भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश भोजराज शर्माको एकल इजलासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को २ को व्यवस्थानुसार कानूनबमोजिम सिधा पाउने गरी अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी अदालती व्यवस्था १२४ बमोजिम आदेश दिइएको अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । आफूले श्रीमतीमाथि परपुरुषसँग लागेको शंका भई पटक पटक झगडा पर्दै आएको अभियुक्त सुमनले प्रहरी र अदालतमा दिइएको बयानमा उल्लेख गरेका छन् । श्रीमती जयन्तीले भने विसं २०६२ मा विवाह भई एक एक छोरी र छोरा जन्म भइसकेपछि पनि श्रीमान्ले माइत जाँदा वा अरु कोहीसँग बोल्दा पनि शंका गर्ने र बेला बेलामा कुटपिट गर्ने गरेको बयानमा उल्लेख गरेकी छन् । पुस २६ गते पनि आवेगमा आएर श्रीमान्ले स्टिलको पाइपले टाउकामा हानेर बेहोश र मरणासन्न अवस्थामा पु¥याई कोठामै छाडेर हिँडेपछि परिवारका अन्य सदस्यले जयन्तीलाई मध्यपुर अस्पताल पु¥याएको प्रहरीको भनाइ छ । घाइते जयन्तीको चार ठाउँमा टाउको फुटेको र २० भन्दा टाँका लगाइएको छ । बहिनीको अवस्था गम्भीर भएपछि जयन्तीका दाजु मनोज श्रेष्ठले ज्यान मार्ने उद्योगअन्तर्गत सुमनविरुद्ध जाहेरी दिनुभएको थियो । दोषी ठहर भए सुमनलाई पाँचदेखि १० वर्षसम्म कारागार सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको स्रेष्तेदार बोहराले जानकारी दिनुभयो ।

(Visited 94 times, 1 visits today)

सम्बन्धित समाचारहरू

पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद, विशेष अदालतबाट भ्रष्टाचारी ठहर
प्रहरीको अर्को ईन्काउन्टर, मनोज पुन र सोम आले प्रहरी कारवाहीमा मारिए !
नक्कली भिसा भेटिएपछि विदेश जान ठीक्क परेका १० युवती रोकिए, अनुसन्धान हुँदै
दिल्ली बम बिस्फोटका मुख्य अपराधी पक्राउ, नेपाली युवतीसँग बिहे गरेर बसेको खुलासा
आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै श्रीमती कुट्ने श्रेष्ठ प्रहरी खोरमा
कोरियामा गैरकानूनी रुपमा मान्छे पठाएको आरोपमा फाईट डाईरेक्टर राजेन्द्र खड्गी पक्राउ
२१ वर्षअघिको चरेस तस्करी मुद्दामा एभरेष्ट होटलका सञ्चालक पक्राउ
नेपालमा गैरकानूनी रुपमा काम गर्ने अष्ट्रेलियन नागरिक पक्राउ, अनुसन्धान हुँदै
गुन्डा गुन्डा नाइके चक्रे मिलनले पाए विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ
पूरै नेपाल प्रहरी लाग्दा पनि भेटेनन् सिलवाललाई, अब १ सय ९२ देशमा खोजी