आदित्य पञ्चोलीका छोराको जेल जाने सम्भावना, जियाको आत्महत्या काण्ड नयाँ मोडमा

बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणले नयाँ मोड लिएको छ । जिया खानलाई आत्महत्याका लागि उक्साएको आरोपमा अदालतले अभिनेता सूरज पञ्चोलीविरुद्ध आरोप तय गरेको छ । 
न्यायाधिश केडी शिरभाटेले भारतीय कानुनको धारा ३०६ अन्तरगत २७ वर्षीय अभिनेताविरुद्ध आरोप गरेका हुन् । तर अभिनेता सूरज पञ्चोलीले आफु निर्दोष भएको दाबी गरिरहेका छन् । पञ्चोलीका कानुन व्यवसायी प्रशान्त पाटिलले भने, ‘‘सूरजले आफुलाई निर्दोष बताएका छन् र प्रत्यक्षदर्शीको बयान १४ फेब्रुअरीबाट सुरू हुनेछ ।’’आरोप पत्रका अनुसार अभिनेत्री जिया खान ३ जून २०१३ मा आफ्नै घरमा फाँसीमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी दुई दिन सूरजको घरमा बसेर आत्महत्या गरेकै दिनको बिहान आफ्नो घर फर्किएकी थिइन् ।
यसअघि जिया र सूरज पञ्चोलीकाबीच भएको अन्तिम कुराकानी पनि सार्वजनिक भएको छ । सन् २०१३ टाइम्स अफ इण्डियाले जियाले आत्महत्या गर्नुभन्दा एक घण्टा अघि सूरज पञ्चोलीसँग भएको कुराकानीको खुलासा गरेका थियो ।
यो कुराकानी भएको केही समयपछि नै जिया खानले आत्महत्या गरेको अनुमान लगाउँदै आइएको एबीपी न्यूजले जनाएको छ ।

(Visited 1,880 times, 1 visits today)

सम्बन्धित समाचारहरू

निरज खरेलको ‘असारे झरी’मा हेमन्ता र कृष्ण मल्लको रोमान्स
नेपाली गीत संगीतको भण्डारमा अर्को कोसेली आयो अष्ट्रेलियाबाट, राजकुमारको यस्तो भेट !
डरलाग्दो टिजर आयो सुनकेसरीको, जेठ ११ गते रिलिज गरिने (भिडियोसहित)
किसानले खेतमै सन्नी लियोनीको तस्वीर टाँगेपछि खुल्यो यस्तो रहस्य
फेब्रुअरी २४ मा ब्रिसबेनमा होली मेला २ आयोजना हुँदै, प्रवेश निःशुल्क
निशान भट्टराईको दमदार आवाजमा सजियो कोरेर मीठा भावहरु मेटाउन नखोज है (भिडियोसहित)
सन्दिप श्रेष्ठको निर्देशनमा भ्यालेन्टाईन डेका लागि सुवानी र कमलको म्युजिक भिडियो सार्वजनिक
बड्स व्याण्डको चर्चित गीत बिर्सन सक्दिन नयाँ स्वादमा, भिडियो चर्चामा (भिडियोसहित)
किरण भण्डारीको सिर्जनामा राज सिग्देल र सुजाता उपाध्यायको स्वर, यस्तो छ “आँगनमा” (भिडियोसहित)
मेलर्नबासी दर्शक श्रोताको मन जितेर गए गायक राज सिग्देल