अर्थराज्यमन्त्री उदयशमशेर राणा अष्ट्रेलिया आउँदै, कर्मचारीको टोली पनि साथमा

अर्थराज्यमन्त्री उदयशमशेर राणा शुक्रबारदेखि अष्ट्रेलिया भ्रमणमा आउने भएका छन् । अष्ट्रेलियाको सिड्नी, क्यानबेरा र ब्रिसबेन गरी तीन शहरको करिब एक साता लामो भ्रमणमा उनको साथमा अर्थ मन्त्रालयका उपसचिव र सहसचिव समेत रहनेछन् । यसबाहेक टिममा अरु को को समावेश छन् खुलेको छैन । अष्ट्रेलियास्थित दूतावासले यो भ्रमणको पुष्टि गरेको छ । क्यानबेरामा रहेका दूतावासका डेप्युटी चिफ अफ मिशन राजेन्द्र पाण्डेका अनुसार या भ्रमणको विषयमा सोमबारमात्र जानकारी मन्त्रालयमा आएको हो । पाण्डेले मंगलबार भने, “हिजो मात्रै परराष्ट्र मन्त्रालयबाट जानकारी आएको छ । हामी यहाँ भेटघाटको कार्यक्रम मिलाउन प्रयास गर्दैछौं ।” तर, एनआरएन अष्ट्रेलियाले भने ५ तारिखकै मितिमा आफ्ना अधिकारीहरुलाई आन्तरिक सर्कुलर जारी गर्दै विभिन्न राज्यमा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्न भनेको छ । एनआरएन अष्ट्रेलियाका महासचिव नारायण कोइरालाको तर्फबाट जारी गरिएको आन्तरिक पत्रमा ९ फेब्रुअरीको दिन सिड्नी आइपुग्ने अर्थराज्यमन्त्रीसँग १० तारिख शनिबार विहान १० बजेतिर अन्तरक्रिया गर्ने उल्लेख छ । एमएनटीभीसँग कुरा गर्दै महासचिव कोइरालाले ब्रिसबेनमा पनि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने तयारी भएको बताए । एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले अर्थ राज्यमन्त्री राणासँग नेपालमा वैदेशिक लगानी, अहिलेको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा नेपाली समूदायका सदस्यहरुसँग अन्तरक्रिया हुने जानकारी दिएका छन् । “उहाँहरुको अनुरोधमा हामीले अन्तरक्रिया कार्यक्रम राखेका हौं । नेपाल सरकारका मन्त्रीको साथमा गरिने अन्तरक्रियाबाट पक्कै पनि यहाँका व्यवसायीसहित नेपाली समूदाय लाभान्वित हुनेछ ।” खरेलको भनाई छ । हालै निर्माण भएको नेपालमा सामूहिक लगानी सम्बन्धी टास्कफोर्सले अर्थराज्यमन्त्रीसँग अन्तरक्रिया कार्यक्रमको संयोजन गर्ने बुझिएको छ ।

(Visited 1,864 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कर्मचारीसँग यौन सम्बन्ध खुलेपछि अष्ट्रेलियाका उपप्रधानमन्त्रीले दिए राजीनामा !
पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद, विशेष अदालतबाट भ्रष्टाचारी ठहर
राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक, फागुन २९ गते देशले नयाँ राष्ट्रपति पाउने
न्याभ कप क्रिकेटको उपाधि रोयल राइनोजलाई, मल्टिकल्चरल क्रिकेट अप्रिल १४ अप्रिलबाट हुने
प्रहरीको अर्को ईन्काउन्टर, मनोज पुन र सोम आले प्रहरी कारवाहीमा मारिए !
देउवालाई झट्का, राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेल मनोनित
अधिवेशनसम्म ओली नेतृत्वमा सरकार, दुबै अध्यक्ष रहने प्रचण्डको भनाई !
कोकले नेपालबाट ४० जनालाई विश्वकप फुटबल हेर्न रसिया लैजाने, जाने हो ?
नक्कली भिसा भेटिएपछि विदेश जान ठीक्क परेका १० युवती रोकिए, अनुसन्धान हुँदै
एमालेका वरिष्ठ नेता माधव नेपालले भने पार्टी एकीकरण एक साताभित्र